Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचार‘रातोपुल मर्मतका साथै भोटेकोशी हाइड्रोमा ज्यान गुमाएकालाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गरेका छौँ ’

    ‘रातोपुल मर्मतका साथै भोटेकोशी हाइड्रोमा ज्यान गुमाएकालाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गरेका छौँ ’


    काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले बाढीले क्षति गरेको सिन्धुपाल्चोकको चनौटेमा रहेको रातोपुल मर्मत सम्मभार गरिएको बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बस्नेतले सुरक्षा निकाय लगायत सरोकारवालाहरूलाई आफूले लगेर पुलको मर्मत गरिएको जानकारी गराएल ।

    उनले भने, ‘सिन्धुपाल्चोक जिल्ला पनि हरेक वर्ष क्यालेन्डरमा राखे जस्तो गरि कतैन कतै बाढीपहिरोले नोक्सान गरिरहने ठाउँ नै हो ।’

    ‘सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित रातोपुल थियो चनौटे भन्ने ठाउँमा ३ वर्ष अगाडिको भिषण वर्षाबाट आएको बाढीपहिरोका कारण बगाइसकेको थियो’, उनले भने, ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मैले अनुरोध गरेर नेपाली सेनामार्फत त्यो पुल बनाएको थिएँ । त्यो पुनल बगिसकेको अवस्था हो ।’

    सांसद बस्नेतले भने, ‘सरोकारवाला निकायलाई लिएर गएँ । म त्यहाँ तुरुन्त गएँ र त्यो रातोपुललाई जाली हारेर आएका छौँ ।’

    ‘फड्के भन्ने ठाउँमा पनि अस्थायी पुल बगाएको छ । त्यहाँ अस्थायी पुल राख्न सक्ने अवस्था नरहेको कारणले समस्या भएको छ’, उनले भने ।

    ‘सरकार र हामी माननीयज्यू पनि अब यो विपत् धेरै पर्न थालेपछि बरु आ–आफ्नो ठाउँमा त्यहाँ जाँदा संसदमा गयल पर्ने दिनको नगराइदिन सचिवालयलाई पनि जानकारी दिन या सरकारको सहयोग पनि लिने त्यहाँ खट्ने व्यवस्था भयो भने क्षति कम हुने अवस्था आउँछ’, उनले भने ।

    सांसद बस्नेतले भोटेकोशीमा रहेको हाइड्रो पावरमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारका लागि व्यवस्था गरिएको बताएका छन् ।

    ‘भोटेकोशीमा हाइड्रो पावरको सल्याब खसेको कारणबाट दुई जनाको मृत्यु भइ नै सक्यो । मृतकको परिवारलाई, हाइड्रो पावरवालाहरूलाई बोलाएर मृतकको परिवारलाई २७ लाखको दरले पैसा दिने । त्यसपछि क्षतिपूर्ति दिने । त्यसपछि उनीहरूको बच्चाहरूलाई सबै पढाइ फ्रि गरिदिने’, उनले भने ।

    ‘मृतकको परिवार एकजना बराबर जागिरको रुपमा प्रोजेक्ट रहँदासम्म दिने मृतकको परिवारलाई दिने सहमति भएको छ’, सांसद बस्नेतले भने, ‘घाइतेहरूलाई पनि पूर्णरुपमा उपचारको व्यवस्था गरिदिने । उनीहरू उपचार भएपछि काममा लगाउने व्यवस्था भइसकेको छ ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT