Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिगरिव जनताको हीतका लागि गणतन्त्र भन्दा उत्तम व्यवस्था अरु छैन – मुख्यमन्त्री बानियाँ

    गरिव जनताको हीतका लागि गणतन्त्र भन्दा उत्तम व्यवस्था अरु छैन – मुख्यमन्त्री बानियाँ


    ललितपुर/१ मंसिर: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिव जनताको हीतका लागि गणतन्त्र भन्दा उत्तम व्यवस्था अरु छैन भन्ने धारणा राख्नुभएको छ ।
    प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशले फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरसंगको सहकार्यमा आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसरहरू विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हीत गर्ने व्यवस्था हो भन्दै जनताको अवस्था परिवर्तन गर्न मन, वचन र कर्मले प्रतिवद्ध भएर जनताको सोझो चिताएर काम गर्नुपर्छ भन्नुभयो।
    “नेपालको व्यवस्था लामो समयदेखि विभिन्न कालखण्डमा विभिन्न परिस्थितिलाई भोग्दै २०६५ जेठ १५ गते देश गणतन्त्रमा प्रवेश गरेर संविधान जारी गरेर आएको २० वर्षभन्दा बढि भयो, व्यवस्था परिवर्तनसंगै जनताको अवस्था परिवर्तन हुन सकेको अवस्था रहेन, परिवर्तनसंग जोडिएको कुरा नेपाल र नेपालीको समृद्धि हो,व्यवस्था र शासकीय प्रणालीको कमजोरीलाई सुधार गर्नुपर्छ।” उहाँले भन्नुभयो।

    उहाँले गणतान्त्रिक व्यवस्थाभित्र अस्थिरता फैलिएकोले भ्रष्टाचार बढ्दै गएको र परिवर्तनले सोचेअनुसार मुलुक अगाडि बढेन भन्नुभयो।
    “हाम्रो गणतान्त्रिक व्यवस्थाले समावेशी, समानुपातिक, सबै बर्ग र समुदायलाई संविधानले समेटेको छ, तर भ्रष्टाचार र अस्थिरताले देशको अवस्था अगाडि बढेन र नेतृत्व परिवर्तन नभएर परिणाम नआएको कारणले जेन जेड आन्दोलन भयो, अब सुधार गर्नुपर्छ, कमजोरी र सुधारका बिषयमा जेन जेड पुस्तासंग खुलेर अन्तरक्रिया गरौँ।” उहाँले भन्नुभयो।

    मुख्यमन्त्री बानियाँले देशको सवैभन्दा बढि जनसंख्या रहेको मुख्य केन्द्रीय राजनीतिक प्रभाव पर्ने बागमती प्रदेशले अन्तरसंवाद मार्फत सहकार्य, समन्वय र सहअस्तित्वमार्फत कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न हामीले अन्तरक्रिया गरेका हौँ भन्नुभयो।
    “संघ भनेको नीति निर्माण गर्ने ठाउँ हो, प्रदेश विकास निर्माण गर्ने ठाउँ हो, स्थानीय तह सेवा प्रवाह गर्ने ठाउँ हो, यी कुरालाई ध्यानमा दिएर कमजोरीहरु सुधार गर्दै अगाडि बढ्नुपर्छ।” उहाँले भन्नुभयो।

    कार्यक्रममा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विद्यमान राजनीतिक दलका नेताहरू र उदयमान जेनजेड पुस्ताका युवाहरूबीच नेपालको संघीय प्रणालीले सामना गरिरहेका चुनौतीहरू र तिनका समाधानका उपायहरूबारे गहिरो छलफल गरिएको थियो।

    कार्यक्रममा फेडरालिज्म तथा लोकलाईजेसन केन्द्रका अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुएको थियो। प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक श्री गोपालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    Techie IT