बहुमत निकट अखिल क्रान्तिकारीको आज शैक्षिक हडताल, विद्यालयको पठनपाठन प्रभावित
काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को आव्हानमा आज देशव्यापी शैक्षिक हडतालका कारण धेरैजसो शैक्षिक संस्थाको पठन पठन प्रभावित बनेको छ ।
राजधानी काठमाडौँका धेरै जसो विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् । त्यस्तै काठमाडौँ बाहिर पनि धेरै विद्यालयले बिदा दिएपछि अध्ययन प्रभावित बनेको हो ।
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर्न भन्दै आज देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको छ ।
अखिल (क्रान्तिकारी) ले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको भन्दै आफुहरु आन्दोलनमा रहेको बताएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ४ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ५ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ विश्वकप : मोरक्कोको पहिलो जित

तपाईको प्रतिक्रिया दिनुहोस