कोरियाको रोजगारीमा म्यानपावरको प्रवेश गराउने तयारी
काठमाडाै- सरकारले श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउन बाटो खोलिदिएको छ ।
श्रम रोजगार तथा सामाजिक मन्त्रालयले चौतर्फी विरोधका बीचमा १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउबनेसम्बन्धी कार्यविधि २०८० जारी गर्दै कोरियामा म्यानपावरमार्फत पनि श्रमिक पठाउने बाटो खुला गरेको हो ।
१७ फागुनमा पदमुक्त भएका निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको निर्णयबाट जारी भएको कार्यविधि मन्त्रालयको २९ फागुनमा वेबसाइटमा राखिएको हो । कार्यविधिले प्रधानमन्त्रीले दिएको निर्देशन विपरीत कोरियामा सिपयुक्त श्रमिक म्यानपावरमार्फत लैजान सक्ने व्यवस्था गरेको छ ।
यसले परदर्शी रुपमा ईपीएसमार्फत कोरियामा श्रमिक पठाउने बसेको रोजगार अनुमति प्रणाली (ईपीएस)लाई नै प्रभावित गर्ने जोखिम छ ।
कोरिया पठाउने नाममा ठगी बढ्ने र बसेको थिति बिग्रिने सम्भावनालाई औंल्याउँदै गत २४ पुसमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले श्रम मन्त्रालयलाई लिखित रुपमै कोरियाको सिपयुक्त श्रमिकले पाउने ई–७ भिसामा नेपालीलाई पठाउन रोजगार अनुमति प्रणाली (ईपीएस)मै आवद्ध गरेर सरकारमार्फत नै पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ विश्वकप : मोरक्कोको पहिलो जित
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस