Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा दिनभर बदली र वर्षाको सम्भावना

    काठमाडौँ उपत्यकामा दिनभर बदली र वर्षाको सम्भावना


    देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। साथै अहिले उपत्यकाका कतै कतै छिटपुट वर्षा पनि भइरहेको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिनभर नै उपत्यकाको मौसम यस्तै रहनेछ। ‘आज दिनभर उपत्यकाको मौसम डिस्टर्ब नै रहने सम्भावना छ, आज घाम लाग्ने सम्भावना छैन’, उनले भने, ‘यहाँ छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।’

    यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। मौसमविद् अर्यालयका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम १२.७ डिग्री सेल्सियस देखिएको हो।

    ‘न्यूनतम तापक्रम बढ्नुको कारण के हो भने राति आकाश बादलले ढपक्क ढाक्यो तर पानी परेन’, उनले भने, ‘पानी परेको भए मौसम चिसो हुन्थ्यो र न्यूनतम तापक्रम घट्थ्यो, बादल मात्र लाग्यो र पानी परेन भने तातो हुन्छ।’

    हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो। आज उपत्यकाको अधिकतम तापक्रम भने घट्ने अनुमान मौसमविद्ले गरेका छन्। आज दिनभर घाम नलाग्ने तथा हल्का भए पनि वर्षा हुने भएकाले अधिकतम तापक्रम घट्ने भएको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    Techie IT