उपनिर्वाचन : कर्णालीमा ४२ हजारभन्दा बढी मतदाता सहभागी हुँदै
भेरीगङ्गा (सुर्खेत), २८ कात्तिक, आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।
निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरणअनुसार उपनिर्वाचन हुन लागेका कर्णालीका छ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार दुई सय ७७ मतदाताले मतदान गर्ने छन् ।
कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक/एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक/एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदैछ ।
अध्यावधिक विवरणअनुसार अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार छ सय १४ जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र रहेका छन् ।
यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । त्यहाँ दुई हजार सात सय छ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिनुभयो ।
यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार चार सय ४९ जनाले मतदानमा भाग लिनेछन् । जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदाताले भाग लिनेछन् ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार आठ सय १० मतदाता रहेका छन् भने रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार चार सय ३४ जनाले भाग लिने मतदाता अध्यावधिक विवरणमा जनाइएको छ ।
यस्तै कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदैछ । त्यहाँ छ सय नौ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिनेछन् ।
विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ५ विश्वकप : मोरक्कोको पहिलो जित
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

तपाईको प्रतिक्रिया दिनुहोस