जमुना खतिवडाकाे ‘आयाे चाडबाड आएन रमाइलो’ बोलको गीत सार्वजनिक
काठमाडौ/१६ कातिक, जमुना खतिवडाकाे स्वर तथा संगीतमा रहेकाे ‘आयाे चाडबाड आएन रमाइलो’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘जमुना खतिवडा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गाेपीकृष्ण खतिवडाकाे प्रस्तुतिमा तयार भएको गीतकाे भिडियो ठाकुरप्रसाद खतिवडाले सम्पादन गर्नुभएको छ। परदेशिएका युवा तथा आफन्तकाे अभावमा परिवारजनमा छाएकाे नरमाइलो र दिक्दारीपनलाई समेटिएकाे छ ।
गाेपीकृष्ण खतिवडाकाे शब्द रचना रहेकाे गीत जमुना खतिवडाकाे लयमा तयार भएको छ। हुरी स्टुडियो कुपन्डोलमा रेकर्डिङ गरिएको गीतमा कलाकारहरु भीमसेन खतिवडा, कल्पना अधिकारी खतिवडा, गाेपीकृष्ण खतिवडा, रत्नप्रसाद चाैंलागाईं, नन्दकुमारी चाैलागाईं, सीताराम चाैलागाई, कुमार चाैलागाई, भाेजराज खतिवडा (जयराम), मिठाराम खतिवडा, शंखर खतिवडा, रामचन्द्र दुलाल, श्यामप्रसाद सापकोटा, गीताकृष्ण खतिवडा, राधिका खतिवडा, दीनबन्धु खतिवडा, दीक्षा खतिवडा, विन्दा खतिवडा चाैलागाई, शर्मिला घिमिरे चाैलागाईँ, आर्या चाैलागाई, अमृता ढुंगाना, समृद्धि ढुंगानाकाे अभिनय रहेको छ। त्यस्तै बाल कलाकारहरु आयू चाैलागाई र शाश्वत चाैलागाईकाे अभिनय समेत गीति भिडियाेमा समेटिएको छ।
आयआर्जनकाे लागि उपयुक्त पेशा र व्यवसाय नहुँदा परदेश जानु परेको र युवाहरु परदेश जाँदा घरपरिवारमा परेकाे असरमा आधारित रहेर गीत तयार पारिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ विश्वकप : मोरक्कोको पहिलो जित
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस