Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहन्छु – राष्ट्रपति पाैडेल

    मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहन्छु – राष्ट्रपति पाैडेल


    काठमाडौं/ १२ कातिक, राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताउनुभएकाे छ ।
    राष्ट्रपति भवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आइतबार गरेको अभिनन्दन कार्यक्रममा उहाँले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैँ ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्नुभयाे। राष्ट्रपति पौडेलले भन्नुभयाे‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।’

    उहाँले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ‘मलाई मुलुकले दिएको अभिभावकीय जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । जीवनभर निष्ठा, आदर्श र नैतिकता जोगाएर कुलको मात्र नभई नेपालीकै इज्जत राख्नेछु’, राष्ट्रपति पौडेलको भनाइ थियो ।

    राष्ट्रपति पौडेललाई कुल वंशीय जेष्ठ सदस्य पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्र अर्पण गर्नुभएकाे थियाे । अभिनन्दन तथा सम्मान समारोहमा तनहुँ, चितवन र काठमाडौँका आत्रेय गोत्रीयलगाय क्षेत्र बन्धुहरूको सहभागिता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT