Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिबेइजिङमा सकियो सांसदहरुको १० दिने कार्यशाला

    बेइजिङमा सकियो सांसदहरुको १० दिने कार्यशाला


    बेइजिङ– संघीय संसदका सदस्यहरुका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ ।
    चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए ।
    समापनका अवसरमा भएको कार्यक्रममा एआईबीओका उपप्रमुख छेन रुइचुनले नेपालका कानून निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । ‘हामीले सुरुवातमात्र गरेका छौं,’ उनको भनाइ थियो, ‘अनुभव आदान प्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’ सयौंपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताए ।
    नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले राष्ट्रपति सी जिनफिङको नेतृत्वमा प्राप्त गरेको सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गरे । उनले विगतमा भएका सहमतिको कार्यान्वयनमा जोड दिँदै नेपाल बीआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गरे ।
    समापन कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी, नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका सांसद अनिशा नेपाली, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गरेका थिए । उनीहरुले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कुटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
    पुस २ गते बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो । उनीहरुले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
    आफ्नो भ्रमण पूरा गरी नेपाली संसदीय टोली शनिबार काठमाडौं फर्किँदैछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    Techie IT