Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमुगलान गएका दुई लाख नेपाली नाकाबाट घर फर्किए

    मुगलान गएका दुई लाख नेपाली नाकाबाट घर फर्किए


    बाँके/२४ असोज, रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताउनुभयो । “भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ”, बुढाथोकीले भन्नुभयो, “सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ, बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।” अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् ।

    दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, ई–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT