Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिमाओवादी केन्द्रको निर्णय: बाढीपहिरो पीडितको उद्धार, राहत र पुन:स्थापनामा जुट्ने

    माओवादी केन्द्रको निर्णय: बाढीपहिरो पीडितको उद्धार, राहत र पुन:स्थापनामा जुट्ने


    काठमाडौं/ १५ असाेज,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार बसेकाे माओवादी केन्द्रको प्रचार तथा प्रकाशन बिभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका बिषयमा एकिकृत योजना लागू गर्ने निर्णय गरेको हो । गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि  पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी भित्रका सबै जनसंगठन मोर्चाहरुलाई उद्धार राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधाकारिक सूचना प्रवाह गर्ने भएको छ । बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री सहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ । बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेको कारण मनसुनजन्य विपदबारे जानकारी हुँदा हुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ । बिपदप्रति सरकारको उदाशीनता र हेलचेक्र्याईका  कारण  उद्धार कार्यमा भएको ढिलासुस्ति तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको बैठकको निष्कर्ष  छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकार विहिनताको अभावले देशभरी विपदका कारण धेरै नागरिकहरुले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ  । हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौ सङ्ख्यामा व्यक्तिहरु हराइरहेका छन् । यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरमा परिणत भएको छ  । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । साथै पार्टीले जबस तथा मोर्चाहरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ । पार्टी केन्द्रको केन्दिय पदाधिकारी बैठकको निर्णय अनुसार पार्टीका बिभिन्न समिति तथा जनसंगठनहरूले उद्धार र  राहतका काममा जुटिसककेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    Techie IT