Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठबिचारनेपालीहरुमा विदेशी मोह: जनशक्तिसंगै पूँजी पलायन

    नेपालीहरुमा विदेशी मोह: जनशक्तिसंगै पूँजी पलायन


    काठमाडाैं/ २५ भदौ, पछिल्ला समय नेपालीहरुमा विदेशी मोह बढ्दाे अवस्था रहेको छ । पैसा हुने हाेस् या नहुने हुन्, धनी हाेस् या गरिव हाेस्, शिक्षित हाेस या साक्षर मात्रै हाेस्, सीपले दक्ष हाेस् या सीपमा दक्षता हासिल नगरेका हाेस्, सबै विदेश नै जान चाहन्छन् । बच्चा होस् या बूढो, सबैको जिब्रोमा छ विदेश। सर्वसाधारणदेखि व्यापारी, सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेताहरुसम्म आफ्ना छोराछोरी विदेश नै पठाउँछन् ।
    विदेश गएपछि सुखैसुख हुन्छ भनेर मानिसहरु अन्धाधुन्ध ऋणधन गरेरै भए पनि विदेश नै जान चाहन्छन् । सानोतिनो व्यापार व्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छु भन्ने भावना कसैमा पनि छैन । व्यापार गरेमा लगानी डुब्छ वा फाइदा हुँदैन भनेर त्यही पैसा विदेश जान लगानी गरिन्छ । यतिमात्र नभई विदेश गएपछि पनि आफ्नो पुख्र्यौली सम्पत्ति यहाँबाट बेचेर लगिन्छ । यस्तो साेच हुनु देशका लागि अवश्य पनि राम्रो हैन ।
    आमाबुबाहरु यता भ्रष्टाचार गरेर वा ऋणधन गरेर छोराछोरी विदेश पठाउँछन् तर मर्ने बेलामा तिनै छोराछोरी पानी दिने समयमा पनि हुँदैनन् । पहिला छोराछोरी पठाउने समयमा खुशीसाथ पठाउँछन् र मेरा छोराले यो गर्यो, तेरो छोरीले त्यो गरी भन्छन् तर मरेपछि काजक्रिया गर्नेसमेत कोही हुँदैनन् ।अहिले त आफ्ना छोराछोरी विदेश पठाउनेमा सबैभन्दा बढी भ्रष्टाचारी व्यक्तिहरु नै छन् । यहाँ बसी राज्यलाई कर छलेर वा भ्रष्टाचार गरेर पैसा कमाउँछन् र त्यो पैसाले छोराछोरीलाई उता विदेशमा घर किन्न लगाउँछन् अनि छोराछोरीको कमाइले घर किनेको दाबी गर्छन् । यसले गर्दा देशको मुद्रासँगसँगै दक्ष जनशक्ति पनि बाहिरिरहेका छन् ।
    अहिले राहदानी विभागमा जल्दाबल्दा युवाहरु अमेरिका, अस्ट्रेलिया जानको लागि लाइन लागिरहेका छन् । सरकार पनि नेपाली जनतालाई देशमै रोजगारी दिन नसके पनि पैसा लिएर नागरिकता र राहदानी दिन सक्छ ।
    खाडी मुलुकमा गएकाहरुले त त्यहाँ मेहनत गरेर पैसा पनि पठाउँछन् र पछि नेपाल पनि फर्किन्छन् । तर अमेरिका, अस्ट्रेलियामा पढ्ने नाममा जाने मानिसहरुले नेपालको अर्थतन्त्र नै धराशायी बनाइरहेका छन् । उनीहरु आफू त गई नै रहेका छन् तर यहाँ भएको पैसा पनि लगिरहेका छन् । आफ्नो स्वार्थका लागि यिनीहरुले आफू जन्मिएको देशमाथि नै खेलबाड गरिरहेका छन् ।
    हामी नेपालीहरु नेपालमै जन्मिछौँ, नेपालकै भूमिमा बोल्नदेखि हिँड्न सिक्छौँ र १२ कक्षासम्म यहीँ पढ्छौँ तर १२ पास गर्नेबित्तिकै आफ्नो देशमाथि दाग लगाउँदै विदेश दौडिन्छौँ । त्यस्तै, यता आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने आमाबुबाहरु पनि अरुले तपाईँ नभने पनि आफैँ मपाईं भएर हिँड्छन् । उनीहरु यसले गर्दा देश र देशको अर्थतन्त्रमा कस्तो असर परिरहेको छ भनेर सोच्दैनन् ।
    कन्सलटेन्सीले आफ्नो फाइदाका लागि नेपाली विद्यार्थीहरुलाई खसीबोकाझैँ बेच्दा सरकार के हेरिरहेको छ ! जनसंख्याको आधारमा नेपालबाट विदेश गएका मानिसहरुले बर्सेनि १८ अर्बभन्दा बढी रकम नेपाल पठाउनुपर्छ तर यहाँ त १० अर्ब पनि आउन धौधौ छ ।
    जो मान्छेले नेपालमा बसेर भ्रष्टाचार गरी वा अन्य काम गरेर कालो धन कमाएको छ त्यो मानिसले आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर कालो धनलाई पनि सेतो धन बनाउँछ । त्यसैले पनि पछिल्लो समय नेपालमा भ्रष्टाचार गर्नेको र राजस्व छल्नेको संख्या बढिरहेको छ । नेपालबाट हुन्डीमार्फत बर्सेनि कति रकम विदेश पठाइन्छ भनेर नेपाल सरकारलाई थाहा छैन । यहाँ पछिल्लो समय व्यापार व्यवसाय गर्नेहरुले वित्तीय संस्थाबाट ऋण लिने र डुब्यो भनेर त्यो रकम विदेशमा लगानी गर्ने गरिरहेका छन् ।
    साथै, आफू अमेरिका, अस्ट्रेलिया पुगेपछि उनीहरु आफू त फर्केर आउँदैनन् तर यहाँ भएको पुख्र्यौली सम्पत्ति पनि बेचेर लैजान्छन् । नेपाली नागरिकता त्यागेपछि नेपालमा भएको सम्पत्ति भने त्याग्दैनन् । यसरी अन्य मुलुकहरुले देशको अर्थतन्त्रलाई कंगाल पनि बनाइदिए र दक्ष जनशक्ति पनि लगे । नेपालीहरु नेपालमा सानोतिनो व्यवसाय गर्न वा रोजगार गर्न लाज मान्छन् तर अरुको देशमा गएर चर्पी सफा गर्नेदेखि भाँडा धुनेसम्म काम गर्छन् ।
    यता आफ्ना छोराछोरी पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया पठाउँदा आमाबुबाहरु खुशीका साथ पठाउँछन्, उमेर हुन्जेल आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा छन् भनेर धाक लगाउँछन् तर मर्ने बेलामा सयपटक बोलाउँदा पनि छोराछोरी आउँदैनन् ।
    यतिसम्म कि बुढेसकालमा सहारा दिने र मरेपछि दागबत्ती दिने पनि कोही हुँदैन । सरकारले पछिल्लो समय कुनै छोराछोरीले आफ्नो जन्म दिने आमाबुबालाई पालेन भने बुढेसकालमा नेपालमा वडा वा नगरद्वारा त्यस्ता आमाबुबाहरु पालिने र उसको नाममा भएको सम्पत्ति पनि सबै सरकारकै नाममा हुने भनेर कानुन बनायो । तर अमेरिका, अस्ट्रेलियामा भएका अभिभावकहरुले न बाँच्नुन्जेल राम्रो पालनपोषण पाउँछन्, न मरेपछि दागबत्ती ।
    तर यता अभिभावक मरेपछि आमाबुबाको नाममा भएको चलअचल सम्पत्ति भने लिएर छोराछोरी जान्छन् । त्यसैले, अब सरकारद्वारा नयाँ कानुन निर्माण गरिनुपर्छ । अमेरिका, अस्ट्रेलिया गएका मान्छेलाई वा नेपालको नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिइसकेका मान्छेलाई आमाबुबा मरेपछि नेपालमा भएको सम्पत्ति बेचेर लग्न नपाइने वा उसको अंश पनि बेचेर लैजान नपाउने नियम हुनुपर्छ । साथै, त्यो सम्पत्ति सरकारको नाममा जाने व्यवस्था मिलाइनुपर्छ ।
    यो कानुन सरकारले बनाउन ढिलो भइसकेको छ । यस कानुनले मानिसहरु अमेरिका, अस्ट्रेलिया गएपछि पुख्र्यौली सम्पत्तिको लोभमा नेपाल नै फर्किन्छन् । यदि सरकारले छिटोभन्दा छिटो यो कानुन निर्माण नगरे देशलाई ठूलो क्षति पुग्छ ।अन्य मुलुकले हाम्रो देशको पैसासँगसँगै दक्ष जनशक्ति पनि लगे । जसले गर्दा देशको विकास र अर्थतन्त्रमा ठूलो संकट निम्तिइरहेको छ । तर सरकार यसप्रति ध्यान दिँदैन । देशको अर्थतन्त्र श्रीलंका भइसकेको छ, वित्तीय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाइसक्यो र घरजग्गा, गाडी र शेयरको किनबेचमा गिरावट आइसक्यो ।
    नेपाल सरकार दिनप्रतिदिन विदेशीको ऋणमा फस्दै गइरहेको छ र विदेशीसँग लिएको ऋण सरकारले तिर्न नसक्दा अब नेपाल कुन देशले लैजान्छ भनेर जनतामा बहस चलिसकेको छ। एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार भन्दा माथी पुगिसकेको छ तर सरकारले यो ऋणको सावाँ–ब्याज पनि तिर्न सकिरहेको छैन ।अहिले पनि नेपाली अभिभावकहरुले आफ्ना छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया पठाउनका लागि शुरुमै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको, वित्तीय संस्था डुबेको र व्यक्ति धनी भएको स्पष्ट बुझिन्छ । अब यो पैसा मानिसहरुले कहाँबाट जोडे त ? यसको खोजी गर्ने काम सरकारको होइन र!
    यहाँ त सबै व्यवसाय गर्नेहरु राज्यलाई कर नतिरी सामान महँगोमा बेच्ने र सरकारी कर्मचारीहरु भ्रष्टाचार गर्ने काम भइरहेको छ । साथै, सरकारी कर्मचारीहरुले पनि काम नगरी भ्रष्टाचार मात्र गर्ने गरेको देखिन्छ । वित्तीय संस्थाका सञ्चालक, अध्यक्षहरु घूस खाएर घरजग्गा, गाडी र शेयरमा लगानी गर्ने अनि जनताको रकम डुबाउने र आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने गर्छन् । यहाँ घूस खाएर कमाएको पैसाले त्यहाँ घरजग्गा किन्ने गर्छन् । तर सरकारले यो कुरा कहिले बुझ्ने ? के नेपालको शिक्षा त्यत्तिकै कमजोर भएको हो र सबै विद्यार्थी पढ्नका लागि विदेश गएका हुन् त ? नेपालमा निजी कलेजदेखि सरकारी कलेज प्रशस्तै छन् । तर यिनीहरुले नेपालको शिक्षामाथि नै हिलो छ्यापिरहेका छन् । यसरी यिनीहरुले नेपालको पूँजी पनि बाहिर लैजान्छन् र नेपालमाथि पनि घृणा गर्छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण, आफ्नै विश्व कीर्तिमान फेरि…

    काठमाडौँ । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती Kami Rita Sherpa ले विश्वकै सर्वोच्च शिखर सगरमाथामा ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै

    ट्रेड युनियन बन्द गर्ने सरकारको अध्यादेशमाथि सर्वोच्चको रोक

    काठमाडौं । निजामती कर्मचारीको ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएको छ ।सर्वोच्चको संवैधानिक इजलासले सोमबार सरकारको

    सिन्धु त्रिवेणीघाटको सम्भावना  

    मेलम्ची / सिन्धुपाल्चोकको त्रिवेणीघाटको त्यति चर्चा गरिएको पाइन्न । मेलम्ची नगरपालिकाको सिन्धु उपत्यकामा अवस्थित प्रसिद्ध त्रिवेणीघाटको धार्मिक महत्व ज्यादा छ

    महाशिवरात्रिका लागि पशुपतिमा आएका साधुसन्तलाई आज बिदा गरिँदै

    काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आज दान दक्षिणासहित बिदा गरिँदैछ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका

    आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

    काठमाडौं ।प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८

    Techie IT