Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियराजदूतहरुको नियुक्ति आगामी दिनमा थप समावेशी बनाइनेछः परराष्ट्रमन्त्री

    राजदूतहरुको नियुक्ति आगामी दिनमा थप समावेशी बनाइनेछः परराष्ट्रमन्त्री


    काठमाडौं/ २४ भदौ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकारले हालै सिफारिश गरेका राजदूतहरुको नियुक्ति अहिले पूर्ण रुपमा समावेशी हुन नसके पनि आगामी दिनमा समावेशी प्रतिनिधित्व गराइने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको आजको बैठकमा समितिका सदस्यहरुका प्रश्नको जवाफमा उहाँले सो स्पष्ट गर्नुभएको हो । मन्त्री डा राणाले सरकारले राजदूतहरुको सिफारिश गर्दा व्यक्तिको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने नीति लिएको पनि स्पष्ट गर्नुभयो ।

    उहाँले भन्नुभयो “राजदूतहरुको सिफारिशमा नेपालको संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व गराउने प्रयास गरिएको छ । यस पटकको सिफारिशमा पनि लैङ्गिक, जनजाति तथा भौगोलिक क्षेत्रको प्रतिनिधित्व भएको छ । हाल प्रतिनिधित्व हुन नसकेका समूहबाट आगामी नियुक्तिहरूमा समावेश गरिने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु ।”

    नेपाल सरकारले राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीति सञ्चालन गर्दै आएको र राष्ट्रको हित सुनिश्चित हुने गरी नेपालले अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरेको पनि उहाँले बताउनुभयो ।

    मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध रहेको मन्त्री डा राणाको भनाई थियो । उहाँले संविधानको मर्म र राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, दक्षता एवम् कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको बताउँदै तर सबै निर्णयकर्ता आफू मात्र भने नरहेको स्पष्ट गर्नुभयो ।

    प्रचलनअनुसार कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गर्ने गरिएको र त्यसबाहेकको राजनीतिक नियुक्तिमा सकेसम्म समावेशी सिद्धान्तलाई नै अवलम्बन गर्ने गरिएको उहाँको भनाई थियो ।

    मन्त्री डा राणाले राज्यका हरेक क्षेत्रमा महिला, दलित एवं अन्य अल्पसङ्ख्यक समूहको प्रतिनिधित्व गराउने विषयमा आफू व्यक्तिगत रुपमा पनि विगत लामो समयदेखि लाग्दै आएको दृष्टान्त पेश गर्र्दै कुनै पनि सरकारी काममा विदेश जाने भ्रमण दलमा पनि महिला अनिवार्य हुनेगरी हालै मन्त्रिपरिषदले पास गरेको जानकारी दिनुभयो ।

    संसारका धेरै देशमा नेपालीहरुको बसोबास हुन थालेको र उनीरुलाई आवश्यक पर्ने पासपोर्ट, कन्सुलर सेवा लगायतका सेवाहरु दिनका लागि परराष्ट्र मन्त्रालयको अहिलेकै संरचना र जनशक्ति अपर्याप्त रहेको ठानेर मन्त्रालयको ओएनएम गर्न लागिएको जानकारी पनि मन्त्री डा राणाले दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    Techie IT