Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियपरराष्ट्रमन्त्री डा. देउवा र भाजपा विदेश विभाग प्रमुख डा.चौथाइवालेबीच भेट

    परराष्ट्रमन्त्री डा. देउवा र भाजपा विदेश विभाग प्रमुख डा.चौथाइवालेबीच भेट


    काठमाडौं/५ भदौ, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा।विजय चौथाइवालेबीच भेट भएको छ । बुधबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री डा. देउवासँग विदेश विभाग प्रमुख डा. चौथाइवालेले भेट गर्नुभएको हो । परराष्ट्रमन्त्री डा. देउवालाई भेट्न डा.चौथाइवाले होटलमै पुग्नुभएको थियो । ।

    भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. देउवाले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । डा. देउवाले भन्नुभएको छ, ‘मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँमार्फत धन्यवाद पनि व्यक्त गरें ।’

    भाजपाका विदेश विभाग प्रमुख डा. चौथाइवालेले पनि भन्नुभएको छ, ‘आज मैले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेको छु र, उहाँलाई यस महत्वपूर्ण पदमा वहाँको नियुक्तिको लागि बधाई दिएँ । हामीले भारत–नेपाल सम्बन्धलाई मजबुत बनाउने विभिन्न नयाँ अवसरका बारेमा छलफल गर्यौ’

    भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. देउवाले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेट गरिसक्नुभएको छ। भारतीय प्रधानन्त्री मोदीले परराष्ट्रमन्त्री डा. देउवालाई निकै विशिष्ट सम्मान र स्वागत गर्नुभएको छ । मोदीले परराष्ट्रमन्त्री डा. देउवालाई प्रधानमन्त्रीहरूलाई भेटका क्रममा दिने गरेको विशिष्ट सम्मान दिएको चर्चा छ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

    काठमाडौँ ।  भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ७.१

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    Techie IT