Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियविकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

    विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह


    काठमाडौँ/ २५ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।
    प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो । उहाँले तरकारी र उत्पादनमा विषादीयुक्त किटाणुु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    “आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता ंसस्थासँग सहकार्य होस् । प्रशासनिकरुपमा मुुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । तपाईँ वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छुु ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुुपालनको युुग सुरु गरिसकेका थियौँ । अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’’
    प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताउनुुभयो ।
    सभाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुुलपति प्रा डा दीलिप सुुब्बाले विज्ञान, प्रविधि र नवप्रवद्र्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    रास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु…

    काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ। दोस्रो दिनको बन्दसत्र

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    Techie IT