Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारराप्रपा नेपालको युवा संगठनका उपाध्यक्ष महमद शेख अताउलक आजपामा प्रवेश

    राप्रपा नेपालको युवा संगठनका उपाध्यक्ष महमद शेख अताउलक आजपामा प्रवेश


    काठमाडौं, ८ भदौ । आम जनता पार्टी (आजपा) भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए ।

    सिंहदरबार स्थित आजपाको संसदीय कार्यालयमा युवाहरुलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए ।

    ‘मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, कर आतंक बढेको छ । जनताको चाहना र आवश्यकक्ता विपरित सरकारको गतिविधि छ । अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक संघर्षको बिकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने ।

    राप्रपा नेपालको साउदी कमिटीका अध्यक्ष एवं पार्टी निकटको युवा संगठनका उपाध्यक्ष वीरगंज निवासी महमद शेख अताउलकको नेतृत्वमा महमद शाहेब, शेख राजाबाबु, दिनेश गुप्ता, सजाद शेख लगायतका युवा नेताहरुलाई आजपा अध्यक्ष साहले खादा लगाएर पार्टीमा प्रवेश गराए । पार्टी प्रवेश गराउदै उनले उनीहरुको राजनीतिक भविष्यको शुभकामना सहित पार्टीमा उचित जिम्मेवारी दिने बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    रास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु…

    काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ। दोस्रो दिनको बन्दसत्र

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    Techie IT