Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाल–बेलायत सम्बन्धको १०० वर्षः स्टेट हलमा स्मरण

    नेपाल–बेलायत सम्बन्धको १०० वर्षः स्टेट हलमा स्मरण


    काठमाडौं । पुरानो द्धिपक्षीय सम्बन्ध भएको नेपाल–बेलायत सम्बन्धको आज स्मरण गरिएको छ । दुई देशबीच शान्ति तथा मैत्री सन्धि सन् १९२३ को डिसेम्बर २१ मा सिंहदरबार स्थित स्टेट हलमा भएको थियो । (जहाँ अहिले प्रधानमन्त्री कार्यालय छ)  त्यसबेला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए । त्यहि सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो । उक्त सन्धि भएको आज बिहीबार १०० वर्ष पुगेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको त्यही हलमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपालका लागि बेलायतका राजदूत रब फेनलाई बोलाएर उक्त सन्धिलाई फेरि एकपटक स्मरण गरेको हो । परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै सन् १९२३ को सन्धिले दुई मुलुकबीच गहिरो मित्रता र विश्वास स्थापित गरेको प्रष्ट पारे । ‘हाम्रो सम्बन्धमा उत्कृष्ट नीतिलाई सम्मान गर्न हाम्रो नेताहरुले यो सन्धि गरेका हुन्, जसले मित्रता सहकार्य र पारम्परिक सम्मानलाई उजागर गर्छ,’ उनले भने । बेलायती राजदूत फेनले १०० वर्षको उपलक्ष्यमा हुन गइरहेको कार्यक्रममा सन्धिको हस्ताक्षर नै भएको स्थानमा भएकोमा खुसी व्यक्त गरे । उनले नेपाल कहिले पनि कसैको अधीनमा नरहेको मुलुक भएको उल्लेख गरे । ‘नेपाल कहिल्यै पनि कसैको अधीनमा पनि रहेन, उपनिवेशन पनि भएन र स्वतन्त्र मुलुकको रुपमा रहँदै आएको छ,’ उनले भने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    रास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु…

    काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ। दोस्रो दिनको बन्दसत्र

    Techie IT