गौरीशंकरको घरदैलो गर्दै राप्रपाका नेता भन्छन्, “जनताको मायाले उत्साह जागेको छ।”
चरिकोट/४ मंसिर, दोलखाको गौरीशंकर गाउँपालिकामा राप्रपाका नेताहरुले घरदैलो गर्ने क्रममा जनताले अत्यधिक माया गरेकाले उत्साह थपेको बताएका छन् । राप्रपाका केन्द्रीय नेता तथा साहायक महामन्त्री बिजय खड्का, पुराना संस्थापक नेता सुन्दरप्रकास खड्का दोलखाको प्रदेश ख का क्षेत्रिय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा घरदैलो गरिरहेको राप्रपाले स्थानीय जनताले माया देखाउँदा राप्रपा प्रतिको आस्था बढिरहेको र आफ्नो उम्मेद्धार मनकुमारी श्रेष्ठलाई निर्बाचनमा बिजय गराउने बिश्वास ब्यक्त गर्नुभयाे। राप्रपाका दोलखा प्रदेश ख का क्षेत्रीय अध्यक्ष कुमार कार्कीले एमाले कांग्रेस र माओबादीको रबैयाबाट नागरिकहरु आजित भएकाले राप्रपा जित नजिक रहेको बताउनुभयाे। अहिले राप्रपाका केन्द्रीय नेता तथा स्थानीय नेता तथा कार्यक्रता गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको तिनेखुमा घरदैलो गरिरहेका छन् । कांग्रेस बाट बिजयी भएका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधनपछि आगामी मंसिर १६ गते गाउँपालिकाकाे उपाध्यक्ष पदका लागि यहाँ निर्बाचन हुँदै छ । कांग्रेस,एमाले, माओबादी, समाजबादी र स्वतन्त्र पार्टी सहित स्वतन्त्र उम्मेद्वार सहित १६ जनाले उम्मेद्धारी दर्ता गराएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- २ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ३ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ४ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ५ विश्वकप : मोरक्कोको पहिलो जित
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड

तपाईको प्रतिक्रिया दिनुहोस