इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार दोस्रो जित निकाल्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा क्लियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। यससँगै एम्बाप्पेले विश्वकपमा १६ गोल पूरा गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। अर्जेन्टिनाका स्टार लिओन मेस्सीको कीर्तिमान तोड्न भने उनलाई अझै तीन गोल आवश्यक छ।
खेलको पहिलो हाफमा अत्यधिक वर्षाका कारण केही समय खेल प्रभावित बनेको थियो भने दोस्रो हाफ ढिलो सुरु गरिएको थियो। त्यसपछि ६६औँ मिनेटमा ओसामे डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए।
लगातार दुई जितपछि फ्रान्स ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने इराक दबाबमा परेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ३ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ४ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ५ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी

तपाईको प्रतिक्रिया दिनुहोस