Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराजनीति४० देखि ५० बर्षकाे लागि उपयुक्त शिक्षा नीति तय गर्ने बहस् आवश्यक – सभापति देउवा

    ४० देखि ५० बर्षकाे लागि उपयुक्त शिक्षा नीति तय गर्ने बहस् आवश्यक – सभापति देउवा


    ललितपुर/ २० मङ्सिर: पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० बर्षकाे लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्न सफलता मिल्ने बहस हाेस् भन्ने धारणा राख्नुभएको छ ।
    नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा बुधबार यहाँ आयाेजित ‘शिक्षा नीति बहस’ बिषयक कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलाे आवश्यकता भएको भन्दै  नेपाललाई उच्च शिक्षाकाे गन्तव्य बनाउनेमा ध्यान दिनुपर्ने बताउनुभएको हाे ।
    “शिक्षा प्रणालीकाे गुणात्मक विकासदेखि विश्व विद्यालय तहसम्मकाे शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय उत्कृष्ट बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न याे बहस महत्त्वपूर्ण हुनेछ।” सभापति देउवाले भन्नुभयो ।
    उहाँले कांग्रेसले मुलुककाे शिक्षा प्रणालीको विकासलाई उच्चप्राथमिकतामा राखेकाे बताउनुहुँदै शिक्षा ऐन ल्याउने विषय चर्चामा रहेकोले यसकालागि पार्टीले पहलकदम लिनेछ भन्नुभयो।
    “क्याम्पसहरुमा विद्यार्थी अभावमा बन्द हुने अवस्थाकाे समस्या समाधानका लागि बहस उपयाेगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीप संग जाेड्नु पर्नेछ, यस्ता बहसले समग्र मुलुककाे शिक्षा नीतिमा सकरात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ।” सभापति देउवाले भन्नुभयो ।
    नागरिकमा उच्च संस्कार र सुसस्कारयुक्त शिक्षा दिन सक्ने नीति तय गर्न बहसबाट सफलता मिलाेस् भन्नुहुँदै उहाँले बहसमम ब्यक्त हुने बाैद्धिक व्ययक्तित्वहरुकाे धारणाकाे उच्चतम उपयाेग हुनेछ भन्ने धारणा राख्नुभयाे ।
    पार्टीका शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरकाे नेतृत्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्व र बिषयविज्ञहरुले धारणा राख्ने र प्रस्तुतिकरण गर्नुभएकाे थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    रास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु…

    काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ। दोस्रो दिनको बन्दसत्र

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    Techie IT