Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियजग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोनका लागि सुझाव दिन कार्यदल गठन

    जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोनका लागि सुझाव दिन कार्यदल गठन


    काठमाडौं/ २४ असाेज, शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । शहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदललाई जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्थाहरु अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधारसहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने जिम्मेवारी तोकिएको छ ।
    कार्यदलमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका आयोजना निर्देशक नारायण भण्डारी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, नेपाल जग्गा तथा आवास विकास महासंघा २ जना प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव र सदस्य सचिवका रुपमा शहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय कार्यान्वयन इकाईएका आयोजना निर्देशक प्रकाश अर्याल हुनुहुन्छ ।
    नेपाल जग्गा तथा आवास विकास महासंघले ०८१ साउन ११ गते संघ, प्रदेश र स्थानीय तहको भूमिका प्रष्ट गर्दै व्यवस्थित र वैज्ञानिक शहरीकरणको विकासमार्फत सामाजिक आर्थीक समृद्धिमा टेवा पु¥याउन शहरी पूर्वाधार तथा सेवाको विकाससम्बन्धि एकीकृत ऐन जारी गर्न, व्यवस्थित घरघडेरी विकास निर्माण का लागि घर तथा आवास भवन समेतलाई पूर्वाधार निर्माण उद्योगको रुपमा स्विकारेकाले यो क्षेत्रलाई अन्य उद्योगले पाए सरह सुविधा दिन सुझाव दिएको थियो । त्यस्तै, आव ०७९/८० को बजेटमा समावेश भएको सय भन्दा बढी युनिट भएको अपार्टमेन्टमा बढीमा २० प्रतिशत अपार्टमेण्ट विदेशीले खरिद गर्न पाउने भन्ने घोषणालाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था गर्न, प्लानिङ पर्मिट प्राप्त रियल इस्टेट कम्पनीहरुलाई मात्र घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न महासंघले माग गरेको थियो । त्यस्तै, मेगा सिटी, स्मार्ट सिटी, पूर्वाधारयुक्त करिडोर र व्यस्थित शहरीकरणमा नीजि लगानी आकर्षित गर्न सरकारी अनुमतिप्राप्त रियल स्टेट कम्पनीहरुलाई सहभागि गराई सहकार्य गर्ने कानुनी व्यवस्था गर्ने, हाल स्थानीय निकायले लिने सिफारिस शुल्क समान कायम गर्ने, रियल इस्टेट उद्योगलाई बहुवर्षिय आयोजना सरहको सुविधा दिने लगायतका सुझावमाथि कार्यदलले अध्ययन गर्नेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

    काठमाडौं |  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत शहीद उद्यानस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीषा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न

    आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका

    प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा

    काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका

    अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?

    काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख

    गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा

    Techie IT