सांसदको एकैस्वर: भ्रष्टाचारका हकमा हदम्याद नराखौँ
काठमाडौँ/ ५ भदौ, राज्य व्यवस्था समितिमा छलफल भइरहेको सो विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले एकैस्वरमा भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने धारणा राख्नुभएको छ । सांसद अर्जुननरसिंह केसीले छानविन र यथार्थलाई झुक्याउने तथा भ्रष्टचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने बताउनुभयो ।
“भ्रष्टाचारीलाई जोगाउन सरकार नै लागिपरेको छ भन्ने जनभावना बढिरहेको छ, यस्तो अवस्थामा भ्रष्टाचारका विषयमा छानविन र मुद्धा चलाउन पाँच वर्षे हदम्याद राख्नु लोकतन्त्रप्रतिकै चुनौती हो”, उहाँले भन्नुभयो, “चर्चित भ्रष्टाचारका काण्डको छानविन गर्न हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने हुनसक्छ, यसले विद्रोह जन्माउँछ, मुद्धा चलाउने कुनै सीमा हुनुहुँदैन, हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।”
सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन आवश्यक रहेको दाबी गर्दै भ्रष्टाचारका विषयको छानविन गर्न हदम्याद राख्न नहुनेमा जोड दिनुभयो । “हदम्याद किन र केका लागि राख्ने रु”, उहाँले प्रश्न गर्नुभयो , “यही हालतमा पारित गर्ने हो भने यो ऐनले भ्रष्टाचार निवारण गर्ने नभइ प्रोत्साहित गर्छ ।”
सांसद प्रेम सुवालले राजनीतिक र प्रशासनिक नेतृत्व तथा ठूला व्यावसायिक घरनाबीच भ्रष्टाचार गर्न विशेष सम्बन्ध हुने गरेको जिकिर गर्दै निजी क्षेत्रलाई पनि अख्तियारको अनुसन्धानको क्षेत्राधिकारमा समेट्नुपर्ने बताउनुभभयो । सांसद राजेन्द्र केसीले भ्रष्टाचारमा मुछिएका उच्च पदस्थ कर्मचारीलाई नै अख्तियारको पदाधिकारीमा नियुक्ति गर्दा भ्रष्टाचार निवारणसम्बन्धी काम प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै पूर्वन्यायाधीश मध्येबाट पदाधिकारी बनाउनुपर्ने बताउनुभयो ।
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ – गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताउनुभयो ।
“समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “समितिमा धेरै छलफल भइसकेको छ, पहिचान भएका विषयलाई दफावार छलफलका माध्यमबाट निष्कर्षमा पुग्दा उचित हुन्छ ।”
विधेयकका सम्बन्धमा समितिमा भएको छलफलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्ने कि नगर्ने, उजुरीकर्ताको पहिचान हुनुपर्ने कि नपर्ने, हदम्यादसम्बन्धी व्यवस्था, स्वार्थ बाझिएको विषय, महत्वपूर्ण निर्णय गर्न ढिलाइ गर्ने पदाधिकारीमाथि के कारबाही हुने, अनुचित कार्यको कारबाहीको व्यवस्था लगायतका विषय पहिचान भएको उहाँको भनाइ छ ।
“यी विषय दफावार छलफलका क्रममा टुङ्ग्याउनु उचित हुन्छ”, गृहमन्त्रीले भन्नुभयो, “दफावार छलफलमा प्रवेश गरेपछि दफा÷दफामा सरकारले आफ्नो धारणा राख्छ ।” उहाँले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषय राखे पनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको स्पष्ट पार्नुभयो । “भ्रष्टाचार निवारणसम्बन्धी ऐनको अन्त्यन्त ठूलो महत्व छ, भ्रष्टाचार निकै संवेदनशील विषय पनि हो”, गृहमन्त्रीले भन्नुभयो “चाँडै समिति र सभाबाट पारित भएर लागू गर्न सकियोस् भन्ने सरकारको अपेक्षा हो ।”
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- २ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ३ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ४ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ५ विश्वकप : मोरक्कोको पहिलो जित
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड

तपाईको प्रतिक्रिया दिनुहोस