Techie IT
  • The Film Nepal
  • २०८३ असार ८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु हुने

    रास्वपाको महाधिवेशन आज निर्णायक चरणमा, राजनीतिक प्रतिवेदनपछि निर्वाचन प्रक्रिया सुरु हुने


    काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ।

    दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको दोस्रो चरण बिहान साढे ८ बजेदेखि सुरु हुनेछ।

    आजको कार्यक्रममा अनुशासन आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

    त्यसैगरी बिहान १० बजेदेखि १०:४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफलसमेत गरिने जनाइएको छ।

    यस्तै, बिहान ११:४५ बजे सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राजनीतिक प्रतिवेदन पारित भएपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरिनेछ। त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।

    निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार त्यसपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

    काठमाडौं । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबार भव्य रूपमा सुरु भएको छ। दिउँसो २

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र…

    पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै…

    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    Techie IT