२४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा
सिन्धुपाल्चोक । पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ९ बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने ठाउँमा ‘धेरै भारी’ वर्षा भएको हो।
महाशाखाको विवरणअनुसार सिन्धुपाल्चोकको ढुंगेमा १७१ मिलिमिटर वर्षा मापन भएको हो । यति ठूलो वर्षा यस अवधिमा देशभर अन्त कतै भएको छैन। उक्त अवधिमा दोस्रोमा सबैभन्दा ठूलो सर्लाहीको मनुष्मारामा ८६.२ मिलिमिटर वर्षा भएको छ।
यस्तै रौतहटको गौरमा ६७.८, कैलालीको बालिया ६२.८ तथा कास्कीको लामापाटनमा ५७.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथि २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ।
यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ५ २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात : अर्थमन्त्री वाग्ले

तपाईको प्रतिक्रिया दिनुहोस