Techie IT
  • The Film Nepal
  • २०८३ असार ७ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा बाढी पाँचपोखरी थाङपाल गाउँपालिका सडक यातायातबाट बञ्चित, बाह्रबिसेको बेलिबृज बगायो

    सिन्धुपाल्चोकमा बाढी पाँचपोखरी थाङपाल गाउँपालिका सडक यातायातबाट बञ्चित, बाह्रबिसेको बेलिबृज बगायो


    सिन्धुपाल्चाेक । गए रातिको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नदि तटिय क्षेत्रमा क्षति पुर्याएको छ । मानविय क्षति भने भएको छैन ।

    भारी वर्षाका कारण आएको बाढीले एउटा झोलुङ्गे पुल र एउटा बेलीब्रिज बगाएको छ । बाढीले नदी तटिय क्षेत्रका सडक, गोरेटो बाटो, खेत, तटबन्ध र घाटहरू समते बगाएको छ ।

    जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका सडक सञ्जालबाट टुटेको छ भने विजुली बत्तीको लाइन पनि विच्छेद भएको छ ।

    बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ चिन्डेमा रहेको झोलुङ्गे पुल बगाएको छ । पालिकाको १ नं। वडा जोड्ने जतन गाउँ जाने पुल बगाएको हो ।

    यसैगरी तिपेनी मेलम्ची सडक खण्डको बाटोमा पनि बाढीले क्षती पुर्याएको छ । स्थानियले पालिका जोड्ने सडक पुर्ण रुपमा बन्द भएको बताए ।

    सोमबार विहान बाह्रविसे नगरपालिका ३ खागदल ठाडो खोलामा आएको बाढीले बाह्रबिसे– तातोपानी सडक खण्डको मोटरेबल पुल (बेलि ब्रिज) बगाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र…

    पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै…

    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    Techie IT