Techie IT
  • The Film Nepal
  • २०८३ असार ८ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियराष्ट्रपति समक्ष राष्ट्रिय मानवअधिकार आयोगकाे प्रतिवेदन पेश

    राष्ट्रपति समक्ष राष्ट्रिय मानवअधिकार आयोगकाे प्रतिवेदन पेश


    काठमाडौँ/ १८ मङ्सिर, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    सो अवसरमा राष्ट्रपति पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ भन्नुभयो ।
    “मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ, मुलुकमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन हुनसके मानव अधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक बञ्चित हुने थिएनन्”, उहाँले भन्नुभयो। उहाँले आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
    “लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई ब्यवहारमा उतारी मानव अधिकारको परिपालना गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायतका कुनै पनि प्रकारका विभेद् हुन नदिई समानता, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय संकल्पलाई साकार पार्न आवश्यक छ भन्नुभयो ।
    उहाँले मानव अधिकारसम्बन्धी विषयमा व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने र आयोगमात्र नभई, सरकारी तथा गैर सरकारी संस्थालेसमेत क्रियाशिलतापूर्वक अभियान सञ्चालन गरेमा मानव अधिकारमैत्री समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय एवं विश्वविद्यालय र तालिम केन्द्रका पाठ्यक्रममा यो विषय समावेश गर्न सके मानव अधिकार शिक्षाले संस्थागत स्वरुप ग्रहण गर्ने थियो भन्ने उहाँको भनाइ थियो ।
    आयोगले मानव अधिकार संरक्षणको क्षेत्रमा देखेका चुनौति र समस्या बेलैमा सरकारलाई जानकारी गराउने र सरकारले पनि समयमै आयोगको समस्याको व्यवहारिक रुपमा सम्बोधन गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

    काठमाडौं । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबार भव्य रूपमा सुरु भएको छ। दिउँसो २

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र…

    पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै…

    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    Techie IT