नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
काठमाडौं/ १५ कातिक, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो ।
‘‘यस्ता पर्वहरू मध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
मानव र प्रकृतिबिच अन्योन्याश्रित सम्बन्धका स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य जनावरबिचको सुमधुर सम्बन्धलाई स्थापित गर्न काग, कुकुर, गाईलगायत जनावर एवम् पंक्षीको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबिचको अक्षुण्ण सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ । गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो ।
उहाँले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवम् वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि भएको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो “त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु ।”
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ३ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ४ भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी
- ५ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ६ परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता
- ७ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

तपाईको प्रतिक्रिया दिनुहोस