Techie IT
  • The Film Nepal
  • २०८३ असार ८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिमुलुकमा विगतको जस्तो हिंसा हुन सम्भव छैन : प्रधानमन्त्री

    मुलुकमा विगतको जस्तो हिंसा हुन सम्भव छैन : प्रधानमन्त्री


    काठमाडौँ/१५ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुुभएको छ । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गर्नुभएको हो ।
    “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’’, नेकपा (एमाले)का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छुु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।’’ माओवादीको ‘अन्धधुन्ध’ हिंसात्मक गतिविधि चलेका बेला आफूले हिंसाको चर्काे विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनीरुपमा रोक्ने स्पष्ट गर्नुभयो ।
    नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दसकदेखि लागिरहेको स्मरण गराउँदै भन्नुुभयो, “मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’’
    उहाँले समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिकप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहिनता, अराजकता र बेथितितर्फ लगेर छिन्नभिन्न बनाउने धारणा राख्नुभयो । “अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’’, प्रधानमन्त्री ओलीले थप्नुुभयो, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नुुपर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।’’
    प्रधानमन्त्री ओलीले आफ्नो न्यायिक कमाईबाहेक अरु सम्पतिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहोर्‍याउँदै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरु लागिरहेको जनाउनुुभयो ।
    कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

    काठमाडौं । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबार भव्य रूपमा सुरु भएको छ। दिउँसो २

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र…

    पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै…

    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    Techie IT