Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिशून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी

    शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी


    काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्वतयारी अवस्थामा नरहेको उल्लेख गर्दै उनले आवश्यक संरचना र कार्यप्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

    मन्त्री पुनले पदभार ग्रहण गरेको पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन निर्माणका लागि विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिए। उनले मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी तथा कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णयसमेत गरिएको बताए।

    त्यसैगरी, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रम र गतिविधिलाई एकीकृत तथा प्रभावकारी रूपमा अघि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको मन्त्री पुनले उल्लेख गरे।

    नवनिर्मित मन्त्रालयलाई प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्यका साथ आवश्यक कानुनी, प्रशासनिक तथा संस्थागत आधार तयार गर्न मन्त्रालयले प्राथमिकता दिएको मन्त्री पुनको भनाइ छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    Techie IT