Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषवैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् – सांसद दाहाल

    वैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् – सांसद दाहाल


    काठमाडौँ/ २ भदौ, सांसद तुलसाकुमारी दाहालले वैदेशिक रोजगारीमा जाने युवा ठगिएकाे बताउनुभएको छ । उहाँले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    राष्ट्रिय सभाको आजको बैमठकको शून्य समयमा बोल्दै सांसद दाहालले भन्नुभयो, “फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि म्यानपावर कम्पनीले एक जनाबाट एक लाख ६० हजारसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरूले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ ।”
    सांसद इन्दिरादेवी गौतमले सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट जोखिम बढ्दो रूपमा देखिन थालेको छ, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण गर्न ‘हिमाल जोगाउँ अभियान’लाई प्रभावकारी बनाउनुपर्छ ।” सांसद जगप्रसाद शर्माले देशको ठुलो समस्याका रूपमा भूमि समस्या रहेको भन्दै त्यसको जतिसक्दो चाँडो सरकारले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
    “यो समस्यालाई समाधान गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ, हाम्रो देशमा रहेको भूमिको समस्या समाधान गर्न प्रत्येक बन्ने सरकारले विभिन्न आयोग बनाउने गर्छन्, ती आयोगमा राजनीतिक हस्तक्षेप हुनाले राम्ररी काम नगरेको अवस्था छ, भूमि आयोग गत चैत ८ गते विघटन भएपछि हालसम्म बन्न सकेको छैन, भूमि आयोगलाई अगाडि बढाएर प्रतिजग्गामा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सरकारले सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।
    सांसद तारामान सुनुवारले बाढीपहिरो, सडक दुर्घटना, हवाई दुर्घटना र हिमताल फुट्दा  ठुलो जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “पछिल्लो समयमा दुर्घटना हुँदा सयौँले ज्यान गुमाएका छन्, दुर्घटनाका कारण खोजी गर्नुपर्छ साथै समयमै रोकथाम गर्न सरकारसँग आग्रह गर्छु”, उहाँले भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    Techie IT