Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा


    काठमाडौं/११ कार्तिक,नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
    आज राति सम्पन्न सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।
    निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
    पेनाल्टीमा नेपाली गोल रक्षकले भारतका दुई खेलाडीको प्रहार रोकिन् । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जीत निकालेका हुन् ।
    खेलमा मध्यान्तर अघि दुबैले बराबरी खेलेका थिए भने मध्यान्तरपछि भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरी खेल १–१ को बराबरीमा ल्याएको थियो ।
    नेपालकी प्रीति राईले गरेको गोललाई सुरुमा रेफ्रिले मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारी शाम्बाले बराबरी गोल फर्काएकी थिइन् । बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ अघि बढेको थियो ।
    खेलको ५१औं मिनेटमा रेखा पौडेल दोहोरो पहिलो कार्ड खाँदै बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो । तर पनि आज नेपालले उत्कृष्ठ प्रदर्शन गर्यो । नेपालकी शाम्बा प्लेयर अफ द म्याच घोषित भइन् ।
    नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ । यसअघि आजै सम्पन्न खेलमा भूटानलाई ७–१ ले हराउँदै साबिक विजेता बंगलादेश फाइनलमा प्रवेश गरेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया

    काठमाडौँ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भेर्डेले आफ्नो फुटबल इतिहासकै सबैभन्दा स्मरणीय

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    Techie IT