Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमन्त्रिपरिषद्को बैठक पाँच बजे

    मन्त्रिपरिषद्को बैठक पाँच बजे


    काठमाडौँ/ ५ कातिक, आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
    बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिनुभएकाे हाे । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ । एजेन्डाबारे जानकारी आइसकेको छैन,’ एक मन्त्रीको भनाइ छ ।  
    यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् ।स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा रहेको चर्चा छ । त्यसका लागि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई तयारी गर्न दबाब दिँदै आउनुभएकाे भन्ने चर्चा चलिरहेको छ ।
    आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गर्नुभएकाे थियो।
    मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    Techie IT