Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १४ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाल–चीनबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

    नेपाल–चीनबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति


    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

    सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा नेपाल–चीनबीचको सहकार्य र सहयोग विस्तारबारे छलफल भएको थियो। विशेषगरी विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, संस्थागत सुदृढीकरण तथा समसामयिक विषयहरूमा कुराकानी केन्द्रित रहेको थियो।

    भेटमा दुई पक्षबीच ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा समेत चर्चा भएको थियो।

    मन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, डिजिटल शिक्षाको विस्तार र संस्थागत क्षमता अभिवृद्धिमा चीनसँगको साझेदारी अझ बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न र नेपाली युवाहरूको रुचिअनुसार चिनियाँ छात्रवृत्ति कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए।

    चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका प्राथमिकतामा चीन सहकार्य गर्न तयार रहेको बताउँदै आगामी दिनमा साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    भेटमा दुई देशबीच आपसी हित र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने समझदारी समेत बनेको जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अर्थ समितिको बैठक आज, कार्ययोजना र जिम्मेवारीबारे छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११:३० बजे सुरु हुने तय

    जापानमा सामाजिक सञ्जाल प्रयोगमा कडाइको तयारी

    काठमाडौँ । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार नियन्त्रण गर्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ

    शान्ति र सद्भावको सन्देश दिँदै मोक्षधाम महोत्सव सम्पन्न

     काभ्रेपलाञ्चोक, वैशाख १४ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती कुशादेवीमा अवस्थित मोक्षधाम मन्दिर परिसरमा ‘मोक्षधाम महोत्सव’ शनिबार एक विशेष समारोहका बीच भव्य

    पश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय

    मौलापुर नगरपालिकाको लोकप्रिय कार्यक्रम रोक्ने षडयन्त्र भएपछि स्थानीय आक्रोशित

    रौतहट, १३ वैशाख । रौतहटको मौलापुर नगरपालिकाले बर्षौदेखी दिदै आएको बिजुली-पानीको भुक्तानी एवं छोरीको बिवाहमा गर्ने सहयोगलाई निरन्तरता दिनुपर्ने माग

    आदमघाटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

    धादिङ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश

    Techie IT