Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठशिक्षावैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने


    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

    महानगरको शिक्षा विभागले वैशाख १० गते जारी गरेको सूचनाअनुसार नेपाल सरकार को निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।

    सूचनामा नयाँ शैक्षिक सत्रको सुरुआत, शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी र समग्र शैक्षिक अवस्थाको विश्लेषणपछि सरोकारवालाबीच देखिएको द्विविधा हटाउन यो कदम चालिएको उल्लेख गरिएको छ।

    शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ का सम्पूर्ण पठनपाठन तथा अन्य शैक्षिक क्रियाकलाप वैशाख १५ गतेदेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ।

    शिक्षा विभागले महानगरभित्रका विद्यालय, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। साथै सूचना प्रविधि विभागलाई सो सूचना महानगरपालिकाको वेबसाइटमा अपलोड गर्न निर्देशन दिइएको छ।

    विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा विद्यालय सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय, सहजीकरण तथा सूचना प्रवाहमा जोड दिइएको छ।

    महानगरपालिकाले अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई तोकिएको मितिदेखि विद्यालय सञ्चालनमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

    काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    Techie IT