सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन मात्र महाधिवेशन प्रतिनिधि सहभागी हुने
काठमाडौं – नेपाली काँग्रेस सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्लासमेत रहेको यो जिल्लाबाट ५४ जना महाधविवेशन प्रतिनिधिमध्ये १४ जना सहभागी हुने भएका छन् । यसमा १/२ जना घटबढ हुन सक्ने स्रोतले बताएको छ ।
नियमित महाधिवेशनको दबाब दिन भन्दै हस्ताक्षर गरेका सिन्धुपाल्चोकका प्रतिनिधिहरूले विशेष महाधिवेशन हुने र पार्टी विभाजन हुने भएपछि हस्ताक्षर गरेपनि महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।
‘पहिला काँग्रेस केन्द्रीय समितिले नै विशेष महाधिवेशन गर्ने र त्यसको दबाबका लागि हस्ताक्षर गरेको भनेर गराएका थिए, एक महाधिवेशन प्रतिनिधिले भने, ‘अहिले महामन्त्रीहरूले महाधिवेशन बोलाउनुभयो पार्टी दुई चिरा हुने भयो । पार्ट फुटाउन हामी जाँदैनौं ।’
क्षेत्र नम्बर १ बाट ५ जना र २ बाट ९ जना विशेषमा सहभागी हुनेछन् । क्षेत्र नम्बर १ बाट पार्टी वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सभापति जंग बहादुर लामा, लिला नेपाल, बल्देव तिमल्सिना र युधिर पौडेल सहभागी हुने स्रोतले बताएको छ । तिमल्सिना बाहेक अन्य चार जना १४औं महाधिवेशनमा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको टिममा परेर महाधिवेशन प्रतिनिधि र महासिमित सदस्य बनेका थिए । तिमल्सना भने जिल्लामा महाधिवेशन पराजित भएपछि केन्द्रबाट नेविसंघको कोटाबाट महाधिवेशन प्रतिनिधि भएका थिए ।
श्रेष्ठले जहाँ रुख र चारतारा रहन्छ त्यही रहने बताएका छन् । ‘पार्टी फुट्नुहुँदैन भन्ने मेरो माग हो’, उनले भने, ‘जहाँ रुख र चार तारा रहन्छ म त्यही हुन्छु ।’
यस्तै २ नम्बर क्षेत्रबाट वंशलाल तामाङ, शिव सुनार, गोपिनी हमाल, प्रकास गुरुङ, कालिका गोले, सविता गुरुङ जिम्मी लामा र शिवहरि नेपाल सहभागी हुनेछन् । जिम्मी लामाले अहिले सो क्षेत्रबाट क्रियाशीले रिन्युसमेत गरेका छैनन् ।
यसअघि विशेषको पक्षमा हस्ताक्षर गरेका ६ जनाले शनिबार हस्ताक्षर फिर्ता लिइसकेका छन् । हस्ताक्षर फिर्ता लिनेमा भोला बोहोरा, श्री लामा, कविता गुरुङ, सानुमाया हिमालय, लक्ष्मी सुनार र रेनुका श्रेष्ठ रहेका छन् । विशेष महाधिवेशन पक्षधरले केन्द्रीय सदस्य बन्नुहुन्छ आउनुस् भनेर विभिन्न प्रलोभन देखाएको महाधिवेशन प्रतिनिधिहरूले गुनासो गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज र भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका छन् । यो विशेष महाधिवेशनबाट निति र नेतृत्व परिवर्तन गर्ने उनीहरूले बताएका छन् । सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिको निर्णविपीत विशेष भेला आयोजना गरिएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस