वर्षाले क्षतिग्रस्त ठैव–गोदामचौर सडक अझै पनि आंशिक प्रयोगमा
ललितपुर/८कातिक: गत असोज ११ र १२ गते परेको अविरल वर्षाबाट क्षतिग्रस्त ठैव–गोदामचौर सडक अझै पनि आंशिक प्रयोगमा रहेको छ । गोदावरी नगरपालिका वडा नं १४ ठैव बाट वडा नं १ गोदामचौर जोड्ने सडकलाई पहिरोले क्षति पु¥याएको एक महिना पुग्नै लाग्दा पनि पूर्ण रुपमा रुपमा सञ्चालनमा आउन नसकेको हो । यहाँका स्थानीयहरूको आवतजावत गर्ने मुख्य सडकलाई पहिरोले क्षति पु¥याएपछि स्थानीयले निकै सास्ती बेहोर्दै आएका छन् ।
गोदावरी नपा वडा नं १ का अध्यक्ष श्रीराज थापाले वर्षापछि सडकको ढलानको ठूलो भाग पहिरोले भासिएकोले आंशिक रुपमा सडक सञ्चालनमा ल्याइएको र पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने बताउनुभयो । “भीषण वर्षा पछि सडकको ढलानको ठूलो भाग पहिरोले भासिन पुग्यो जसले सडक पूर्ण रूपमा बन्द भएको थियो”, उहाँले भन्नुभयो,“नगरपालिका र वडा कार्यालयको समन्वयमा स्थानीयहरू समेतको श्रमदानबाट केही दिन बाट नै अस्थायी रूपमा प्रयोगमा ल्याइएको हो, पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्छ ।”
थापाका अनुसार यस सडक खण्ड क्षतिग्रस्त हुँदा स्थानीयले ज्यादै समस्या परेको छ । अन्य वैकल्पिक सडकहरू पनि क्षतिग्रस्त भएका कारण वडा नं १ (गोदामचौर) र २ (विशङ्खु)का झण्डै १३ हजार सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
क्षतिग्रस्त सडक बाट यात्रा गर्दा पैदल यात्री, यात्रुबाहक सार्वजनिक सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनमा यात्रागर्नेहरू उच्च जोखिममा रहेको स्थानीय महावीर थापाले बताउनुभयो।
सडक विभाग, उपत्यका विकास प्राधिकरण, नगरपालिका र अन्य निकाय सँग आवश्यक समन्वय गरि यथासम्भव छिटो वडाका सबै क्षतिग्रस्त सडकलाई पुनर्निर्माण गर्न आफू निरन्तर क्रियाशील रहेको वडा अध्यक्ष थापाले बताउनुभयो। “यसका लागि संघीय र प्रदेश सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुखसँग निरन्तर सम्वाद र सम्पर्कमा छु”, उहाँले थप्नुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस