Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारबज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त


    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट आर्थिक सहयोग प्राप्त भएको छ।बज्रबाराही भजन मण्डलका उपाध्यक्ष चिरी नानी श्रेष्ठका अनुसार यस मन्दिरमा प्रत्येक पूर्णिमाका दिन हुँदै आइरहेको भजन र भजनमा सहभागी हुनेहरुका साथै जेष्ठ नागरिकलाई खानकाे प्रबन्धका लागि मानसिक अस्पतालमा कार्यरत नर्स सुजाता पाख्रिन तामाङबाट नगद २० हजारका साथै धाराको पाइप एक रोल र काम गर्नेहरुका लागि ज्याला समेत प्रदान गर्नुभएको छ। त्यस्तै तेजमुनि बज्राचार्यबाट १५ हजार रुपैयाँ  र महिला सहकारीका अध्यक्ष ललिता महर्जन र उहाँका श्रीमान समाजसेवी राजेश महर्जनबाट रु २२ हजार पर्ने २ हजार लिटरको पानी ट्याङ्की प्राप्त भएको हो। त्यस्तै चापागाउँ निवासी उत्तम श्रेष्ठबाट पाँच हजार रुपैयाँ, श्रीधर श्रेष्ठले प्रत्येक पूर्णिमाका लागि तीन सय रुपैयाँ र तेजमुनि बज्राचार्यबाट पाँच सय रुपैयाँ प्राप्त हुने भएको छ।
    “प्रत्येक पूर्णिमामा दिनभर भजन हुन्छ, पूर्णिमाकाे दिन भजनमा सहभागी हुनेहरु र भजन सुनेर बस्ने श्रद्धालु भक्त जनलाई खाना र खाजाकाे व्यवस्था गरिएको छ। ” उहाँले भन्नुभयो ।
    चन्दादाता र भक्तजनबाट उठेको रकमबाट हालसम्म खाना र खाजकाे व्यवस्था गरिदै आएकाे र यसका लागि हरेक पूर्णिमाका दिन १५ हजारभन्दा बढी खर्च हुने उहाँले जानकारी गराउनुभयाे ।
    भजन मण्डलकाे कसैले सहयाेग गर्न चाहेमा पनि लिएर काेष खडा गर्ने याेजना रहेकाे भनाई उहाँकाे छ।  भजन मण्डलमा हुँदै आएकाे याे कार्य जेष्ठ नागरिकहरुकाे खुसीका लागि याे कार्य अत्यन्तै प्रभावकारी हुँदै आएकाे उहाँकाे भनाई छ। हालसम्म भक्तजनको सहयोगबाट प्राप्त खर्चको व्यवस्थापन गरिँदै आएको भजन मण्डलका सदस्य हिरामाया देसारले जानकारी दिनुभयो। भजन मण्डलका सदस्य गुणक्ष्मी श्रेष्ठका अनुसार आगामी पुस पूर्णिमाका दिन हुने भजनमा खोकना भजन मण्डलका समूहका व्यक्तित्वहरु समेतको उपस्थिति रहने जानकारी गराउनुभयो।

    उपत्यकामा चार वटा वाराही मन्दिर छन् । उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा वज्रवाराही । चार वाराहीमध्ये वज्रवाराही सबैभन्दा प्रख्यात वाराही मन्दिर हो। यो मन्दिरको पूर्वमा झरुवारासी, बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले छ । वज्रवाराही चैँ एक हजार पाँच सय मिटर उचाइमा छ। करिब २० हेक्टरमा फैलिएको यो मन्दिर जङ्गलभित्र छ।  वज्रवाराहीको सम्बन्धमा वाराही शब्द बराहको स्त्री लिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । वज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट कर्माचार्यरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित वज्रवाराहीको शिलाको मूर्ति छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT