अकाल मृत्यु
तिम्रो शहर
तिमी नै लैजाउ
र मिल्काउ डम्पिङ्क साइटमा ।
म खोजि रहेछु
मध्य दिउँसै
गुमाएको मानवता
तिम्रो शभ्य शहरमा ।
गुडुल्की परेर सुतिहरेछन
सडक प्रतीक्षालय नजिकै
भविष्यका सपना
खुल्ला आकाशको छानो हालेर ।
दिउँसै बेचिन्छन अस्मिता
रुन्छन नवविवाहित वधुहरु
नयाँ सडकमा रल्लिएर हिड्ने
गजडीया खसम भेटे पछि ।
स्वम्भू रुन्छ
बुद्धत्व देखाउने दाँत भएको छ
आनीहरुले जति नै माला जपे पनि
अशान्त छन मान्छेहरु ।
पशुपति बोल्दैन
बागमतीले पाप पखाल्ला या नपखाल्ला
गौशालामै रोएको छ
वृद्ध आमाको मन ।
अन्तराष्ट्रिय विमानस्थल
भिसाले भरि भराउ छ
प्यारीको संझनामा दिल खोपेर
उडिरहेछन देशका सपनाहरु ।
म कसरी परिभाषित गरुँ काठमाण्डौं ?
अशान्त छ रत्नपार्क
आत्महत्याको अभियोग बोकेर
रानीपोखरी धरधरी रुन्छे
घण्टाघरको बुढो आवाज
सुन्न चाहादैन मान्छे
धरहरा ढलेकै त हो
आस्था र विश्वास ढले सरी ।
शहीदहरु शहीद गेटमा विलौना गर्छन
नेताहरु द्वारा उनीहरुको अपमान गरिएको छ
टुँडीखेल मुर्दा हाँसो हाँस्छ
मान्छेहरु व्यग्रतामा छन
आफ्नै जिन्दगीको फेद टुप्पो नभेटे पछि ।
जिन्दगी खोज्नेहरु
शहर भित्रै हराएकका छन
फुटपाथका मोचीहरु
जुत्ता चप्पल तुन्द्रिन्छन
गन्तव्यहीन यात्रुहरुको
वीर अस्पताल पोष्टमार्टन गर्न बाधय छ
अपरिचित लाशहरुको ।
मलाई तिम्रो शहरको
सुख भोग चाहिएको छैन
तिम्रो कृत्रिम हाँसो देखेर
गोधुली रोइ दिन्छे
सूर्योदय हत्या गर्छ
अनाम जिन्दगीहरुको
संवेदना मरिसकेको तिम्रो शहरमा
म बाँच्ने कि नबाँच्ने ?
सोच्न समेत फुर्सत छैन
मलाई एक घडा अमृत देउ
म अकाल मृत्यु
टार्न चाहान्छु ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस