Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारनागरिकले घरैबाट प्रहरीको सेवा प्राप्त गर्ने वातावरण बनाउन लागि परेका छौँ – बरिष्ठ प्रहरी उपरीक्षक बोगटी

    नागरिकले घरैबाट प्रहरीको सेवा प्राप्त गर्ने वातावरण बनाउन लागि परेका छौँ – बरिष्ठ प्रहरी उपरीक्षक बोगटी


    ललितपुर,१८ कातिक: ललितपुरका प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरैबाट प्रहरीको सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन लागि परेका छौँ भन्ने जानकारी गराउनुभएको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा प्रहरीले सम्पादन गरिहरेका कामकारवाहीका बारेमा जानकारी गराउँदै बरिष्ठ उपरीक्षक बोगटीले कानूनी राज्यको प्रत्याभूति दिन हामी कुनै कसर राख्दैनौं भन्दै प्रहरी र नागरिक एक रथका दुई पाँग्रा भएको धारणा राख्नुभएको हो।
    “युट्युव र टिकटकमा आउने गलत सूचनाले समस्या सृजना गरिरहेको छ, सामाजिक सञ्जालमा ‘भ्युज’ र ‘सस्क्रइभ’ बढाउने बहानामा समाजलाई नकारात्मक प्रभाव पार्ने काम गर्नु हुँदैन, गलत सुचनाले सबैलाई नकारात्मकतिर धकेल्ने काम गरेको छ, नकारात्मक भाष्य सृजना गरेर गलत प्रभाव पार्ने कामले आन्दोलनको सृजना गर्छ।” उहाँले भन्नुभयो।
    उहाँले पछिल्लो समय बढिरहेको साइबर अपराध प्रहरी र समाज दुबैको टाउको दुखाई रहेको बताउँदै नागरिकको सचेतनाले नै समस्याबाट वचन सकिने बताउनुभयो।
    “सूचनाको कारणले प्रहरी र पत्रकारको सम्बन्ध निकट हुन्छ, प्रहरीले पनि अनुसन्धानमा प्रभाव नपार्ने सूचना लुकाउनु आवश्यक छैन, सञ्चार माध्यम र प्रहरीको काम उस्तै हो, प्रहरीसंग धेरै समाचार हुने भएकोले पत्रकारहरुको प्रहरीसंग सम्बन्ध हुने हो, तर पत्रकारले देश र शान्ति सुरक्षालाई असर पार्ने गरी पत्रकारिता गर्नु हुँदैन।” उहाँले भन्नुभयो।

    बरिष्ठ उपरीक्षक बोगटीले पछिल्लो समय सामाजिक सञ्जालका कारण नै आत्महत्या, पारिवारिक वेमेल, सम्बन्ध विच्छेद जस्ता घटनाहरु बढ्दै गरेको अवस्था रहेको भन्दै सामाजिक सद्भाव कायम राख्नका लागि पत्रकारितामार्फत जोड दिन आग्रह गर्नुभयो।

    “सामाजिक सञ्जालमा लेख्ने नेपालमा जस्तो स्वतन्त्रता अमेरिका जस्तो लोकतान्त्रिक र विकसित मुलुकमा पनि छैन, अपराध नियन्त्रणका लागि हामीले ध्यान दिनुपर्छ, तर जेनजेड आन्दोलनपछि सर्वसाधारणमा त्रास बढेको छ, प्रहरी र जनताको सम्बन्ध प्रगाढ भएको छ, नागरिक र समाज रहेसम्म प्रहरी रहन्छ, प्रहरी प्रभाग बाँडेगाउँ र इमाडोलको पुन:निर्माण हुन बाँकी छ, ललितपुरमा २१ थान हतियार लुटिएकोमा १५ थान जलेको र दुई थान हतियार मात्रै प्राप्त हुन बाँकी छ।” उहाँले भन्नुभयो।
    उहाँले जिल्लाको शान्तिसुरक्षा स्थिर रहेको भन्दै सर्वसाधारणलाई छिटोभन्दाछिटो पहुँच दिन सक्ने वातावरण बनाउन लागि परेका छौँ भन्नुभयो।
    उहाँले संस्कृति, सम्पदा र भाषाको दृष्टिकोणले ललितपुर विश्वमै परिचित छ भन्दै यहाँको गरिमा कायम राख्न र शान्ति सुरक्षा कायम राख्न क्रियाशील छौँ भन्ने प्रतिवद्धता जनाउनुभयो।
    जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले गत एक महिनामा जिल्लामा १२१ वटा मुद्दा दर्ता भएकोमा ८१ वटा फर्छौट हुन बाँकी रहेको जानकारी गराउनुभयो। ललितपुरमा प्रहरीले गत वर्षभन्दा २० प्रतिशत मुद्दा घटाउने लक्ष्य राखेको जानकारी गराउँदै उहाँले उजुरी आउनासाथ कतिपय उजुरीका दुई पक्षलाई नै बोलाएर छलफल गराउँदै समस्या समाधानमा ध्यान दिएका छौँ भन्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT