Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाका महामन्त्री ढकालले मुखमा टेप लगाएर गरे केन्द्रीय समितिमा प्रतिवेदन पेस

    रास्वपाका महामन्त्री ढकालले मुखमा टेप लगाएर गरे केन्द्रीय समितिमा प्रतिवेदन पेस


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री ढकालले पेश गरेको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए । महामन्त्री ढकालले आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रसारण हुनुपर्ने माग सम्बोधन नभएपछि मुखमा कालो टेप लगाएर बसेको र उनको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जनाएका छन् । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो रहेको औँल्याइएको छ।

    सहप्रवक्ता झाले भने, ‘‘बैठकको सुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोध अनुसार उनले लाइभ गर्ने प्रस्ताव राखे । तर प्रतिवेदन सभापति बाहेक हामी कसैले पनि हेरेको थिएनौं । तसर्थ राजनीतिक रूपमा हामीले कतिपय कुरा संवेदनशील र रणनीतिक रूपमा बुझ्नुपर्ने हुन्छ । तसर्थ पहिला हामी केन्द्रीय समितिमा त्यो प्रतिवेदन रिभ्यू गरौँ । त्यसमा वाचन गरियोस्। त्यसमा सबैले अभिमत राखौँ । त्यस पश्चात् यसलाई सार्वजनिक गरौँ । सार्वजनिक गरिसके पश्चातको छलफल व्यवहारिक हुँदैन भनेर हामी सबैले सभापतिको जुन प्रस्ताव सभापतिको जुन प्रस्ताव थियो महामन्त्रीको अनुरोध अनुसार लाइभ गर्नुपर्ने । त्यसलाई हामीले नकार्‍यौ । हामी सबै जना सभापति र महामन्त्री बाहेक हात उठाएर मतदान गर्‍यौँ । हामी सबैले हात उठाएर आफ्नो मत राख्दै गर्दा पहिलो यसमा केन्द्रीय समितिमा छलफल होस्।’’

    प्रतिवेदन भित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाइभ हुन नसकेको रास्वपाले जनाएको छ।

    रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रस्ट्याउनुभएको हो । उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT