Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचार“योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित

    “योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित


    काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान -२०८२’ तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२’ द्धारा क्रमशः सुकन्या वाइवा र भूपाल बस्नेतलाई सम्मानित गरेको छ ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे,स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सम्मान गरे । वाइवा नगदराशी रु.२५ हजार एक सय एघार तथा बस्नेत रु.५१ हजार एक नगदराशी सहित सम्मानित भए ।

    कार्यक्रममा वोल्दै प्रमुख अतिथि घिमिरेले योगमाया विशिष्ठ व्यक्तित्वकी धनी भएको भन्दै आफु पनि योगमायाको व्यक्तित्वले प्रभावित भएकी बताइन् । उनले भनि- ‘म पनि महिला अधिकारका पक्षमा विगत चार दशकदेखि क्रियाशिल छु । योगमायाको योगदान आज पनि सबैको निम्ति मार्गदर्शक र उत्तिकै सान्दर्भिक छ । हामी सबैले योगमायाको आदर्शलाई आत्मसात गरौं।’कार्यक्रमका सभाध्यक्ष रोदनले भने-‘योगमायालाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्नुपर्छ भनेर हामीले भनेका छौं । उहाँले देखाउनु भएको साहास,गर्नुभएको समर्पण,उठाउनु भएको विषय र सन्दर्भ मात्र होइन् उहाँको त्याग आजको समयमा पनि अनुकरणीय छ।’ उनले वर्तमान राजनीतिमा देखिएको बेथिति प्रति कटाक्ष गर्दै भने-‘कान्छी औंलामा खटिरा आउँदा पनि बिदेश गएर उपचार गर्ने नेताहरुले योगमायालाई एक पटक पढिदिए मात्र पनि नेताहरु सुध्रन्छन् कि भन्ने हाम्रो अपेक्षा छ। योगमायाको आदर्श बचाउन सबैको साथ र सहयोग रहोस।’

    यसअघि सम्मानित व्यक्ति सुकन्या वाइवाले भनिन्सा-‘सारा नेपालीको मनभरी योगमाया छाएकी छिन् । दिदी पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी छिन्।’ उनले आफु सम्मानित हुँदा दिदी पारिजात नै सम्मानित भएको अनुभूति राखिन् । अर्का सम्मानित व्यक्तित्व भूपाल बस्नेतले योगमायाको समाधिस्थल बारे बोले । साथै उनले भने- ‘यो सम्मान मेरो लागि हौसला हो। मैले योगमायाको विषयमा अभियानहरुमा पचास सालदेखि झोला बोकेको हुँ । म योगमायाको थलोकिलोको मान्छे हुँ।’ उनले भोजपूरमा आश्रम खोल्ने तयारी गरेको समेत जानकारी दिए ।
    पुरस्कार संस्थापकहरु पवन आलोक र राजेश न्यौपाने र कार्यक्रममा सह-आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपानेले समेत योगमायाको व्यक्तित्वका बहुआयामिक सन्दर्भहरुको चर्चा गरेको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु बारे डा. शान्तिमाया गिरीले चर्चा गरिन् ।
    नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन समाजका सदस्य मधु पाठकले गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT