Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यबालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै


    काठमाडौं । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ ।  भिटामिन ‘ए’ खुवाउने आज अन्तिम दिन हो । हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो र भोलि भिटामिन ‘ए’ खुवाउँदै छ ।

    एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिने गरिन्छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

    सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका निम्ति ०५० सालमा आठ जिल्लाबाट सुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम ०५९ देखि देशभरि लागु गरिएको हो ।

    ०५६ देखि १३ जिल्लाबाट सुरु जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ देखि देशभर लागु गरिएको छ । ०६४ देखि बालभिटा खुवाइने गरेको छ ।

    सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    पशुपति मित्र माविद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना

    काठमाडौं । काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको आयोजनामा ‘वृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका

    का.म.न.पा, स्वास्थ्य विभागद्वारा एक दिने अभिमुखीकरण सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    Techie IT