Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारहिमाली वस्ती लिस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन

    हिमाली वस्ती लिस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन


    सिन्धुपाल्चोक/१० चैत्र,भोटेकोशी गाउपालिकाको हिमाली बस्ती लिस्तीमा शुक्रबार स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ।भोटेकोसी गाउँपालिका १ निर्माण भएको १ तले भवन शुक्रबार पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् काङ्ग्रेस सांसद मोहनबहादुर बस्नेतले एक कार्यक्रमको आयोजनाका बीच उद्घाटन गर्नु भएको थियो ।

    त्यस अवसरमा पूर्वमन्त्री बस्नेतले हरेक नागरिकको घरमा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र विद्युतको पहुँच पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, लिस्तीको बगाम छगाममा बाटो निर्माण नहुँदा हेलिकप्टरबाट ट्रान्सर्फमर पुर्‍याएर आफूले लिस्तीबासीलाई उज्यालोमा राखेको बताउनुभयो ।
    अहिले सडक निर्माण कार्य राम्रो भएको छ, अँध्यारो लिस्तीलाई उज्यालो बनाउन आफूले त्यतिबेलैदेखि हेलिकप्टर प्रयोग गरेर सेवा दिएको बताउँदै। स्वास्थ्य चौकी भवनले अब स्थानीयलाई सेवा दिने उनले विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा बागमती प्रदेश सासद एवम् पूर्व वनमन्त्री मसिना खड्काले स्थानीय तहलाई प्रदेश सरकारसग समन्वय गरेर पालिकालाई थप विकासउन्मुख पालिका बनाउनुपर्ने बताउनुभयो ।
    काङ्ग्रेस उपसभापति दोर्जे लामाले लिस्तीमा पछिल्लो समय विकासको कामले फड्को मार्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले स्थानीयहरुको समस्या बुझेर समाधान गर्न जरुरी छ, यहाँबाट निर्वाचन जितेका माओवादी सांसदले विकासको काम केही गर्न सकेनन्, उनीहरुलाई निर्वाचन जित्नु मात्रै थियो, निर्वाचन जितेपछि लिस्तीका स्थानीयलाई बेवास्ता गरेका छन ।

    भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले आफू निर्वाचन भएर आए यता विकासको कामले गति लिएको बताए । २०७९ अघि यस्ता योजनाको काम केही नभएको भन्दै उनले आफूहरु आएपछि सडक निर्माणदेखि शैक्षिक क्षेत्रमा समेत सुधार हुँदै आएको दाबी गर्नुभयो । पालिकाले आन्तरिक बजेटबाट विकास निर्माणका काम निरन्तर गरिरहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

    स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेको लिस्तीका स्थानीयले थप स्वास्थ्य सेवा पाउने भएका छन् । भोटेकोसी १ मा पर्ने बगाम, छगाम, लिस्ती, छ्याङ्सिङ, सोताङ, घिप्चेलगायत बस्तीका स्थानीयले अब लिस्ती स्वास्थ्य चौकीबाट थप सेवा पाउने भएका छन् । विगतमा एउटा फ्रि-फ्याप भवनबाट सञ्चालन भएको लिस्ती स्वास्थ्य चौकी अब आफ्नो भवनबाट सञ्चालनमा आउनेछ।

    शुक्रबार भवन उद्घाटनसँगै पालिकाले वीर अस्पतालसँग समन्वय गरी स्वास्थ्य शिविर समेत सञ्चालन गरेको भोटेकोसी गाउँपालिका १ का अध्यक्ष राजु लामाले बताउनुभयो। शिविरबाट झन्डै ३ सय स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT