झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च
झापा/ मंसिर, झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ ।
“चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् रु चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो ।
समग्रमा चालु आब २०८१-८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् रु पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । उहाँका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन्न ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८१-८२ को पहिलो चौमासिकमा जिल्लाभर रु ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले रु चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस