Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रयुवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात : अर्थमन्त्री वाग्ले

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात : अर्थमन्त्री वाग्ले


    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले काम थालेको बताएका छन्। उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत त्यसको आधार तयार पारिएको उल्लेख गरेका छन्।

    आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले विगत डेढ दशकदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको अवस्था अब क्रमशः परिवर्तन गरिने बताए।

    उनले युवालाई स्वदेशमै उद्यमशीलता, रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यसहित बजेट ल्याइएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

    “पछिल्ला १५–२० वर्षदेखि युवाहरू आफ्नो सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ। अब त्यस्तो अवस्था अन्त्य गर्ने आधार तयार गर्न बजेटमार्फत पहल गरेका छौं,” उनले भने, “यसका लागि बजेटका व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयनलाई हेर्न आवश्यक छ।”

    देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै उनले कर प्रणालीमा सहुलियत, कर बक्यौताका कारण समस्या झेलिरहेका व्यवसायीलाई राहत, सरकारी सेवाको डिजिटलीकरण तथा सुशासनका कार्यक्रमले देश निर्माणको नयाँ दिशा तय गर्ने विश्वास व्यक्त गरे।

    अर्थमन्त्री वाग्लेले वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गराइएको जानकारी दिँदै उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रम बजेटमा समावेश गरिएको बताए।

    त्यस्तै, करसम्बन्धी जटिलतामा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्न विशेष सहुलियतको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको लाभ उठाउन उनले सम्बन्धित सबैलाई आग्रह गरे।

    युवाहरूको सिर्जनशील सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट निर्माण गरिएको भन्दै उनले युवा लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च…

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    Techie IT