Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारकिन काला हुँदैछन् सेताम्मे हिमाल?

    किन काला हुँदैछन् सेताम्मे हिमाल?


    गण्डकी  – ‘विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,’ विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकुलन हुनुको विकल्प हामीसँग छैन।’

    पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ?’ शीर्षकमा भएको समूहगत छलफलमा उनले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताए। संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्ष भित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गरे।

    पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ। संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे। ‘जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन,‘ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ।’

    कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताए। ‘जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास् थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्‍याइरहेको छ,’ उनले भने, ‘जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकुलन हुनुबाहेक अर्को विकल्प छैन।’

    पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उनले बताए। केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताए।

    ‘जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन,’ डा महर्जनले भने, ‘नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन्।’ उनले जलवायु अनुकुलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गरे। ‘जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुन सकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि  सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ।’

    छलफलमा वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताए। उनले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राखे। ‘पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ,’ उनले भने, ‘पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ।’

    हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उनले बताए। नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको सुझाव छ। पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राखे।

    जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए। ‘बिहानै हिमाल हेर्‍यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ,’ उनले भने, ‘हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन्।’ हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताए।

    -रासस




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT