क्रिकेट रङ्गशाला निर्माणका लागि दैनिक दुई चरणमा काम
चितवन/ २८ असाेज, चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ।
भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो।
धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिन्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ। मैदानको माथिल्लो तह फालेर काम थालिएको छ। गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो।
वि.सं. २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो। रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड विनियोजन गरेका छन्।
रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इन्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस