Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसीता जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग

    सीता जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग


    काठमाडौं, १२ वैशाख ।
    आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूती माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने माग सरकारसंग गरेका छन् ।

    आजपा निकटको आम महिला मोर्चा काठमाडौं उपत्यका विशेष कमिटीद्धारा आज (शनिबार) काठमाडौंको कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले जानकी जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने माग गरेका छन् ।

    ‘हामी रामनवमी मनाउँछौं, कृष्ण अष्टमी मनाउँछौं तर हाम्रै देश नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई विर्सिन्छौं । हामीले सीता जन्मोत्सवलाई राष्ट्रिय गौरवको रुपमा भव्य तरिकाले मनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारसंग मेरो विशेष आग्रह छ, सीता जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ ।’

    प्रेम, त्याग, समर्पण र संघर्षकी अद्वितीय प्रतिमूर्ति माता सीताको जीवन केवल धार्मिक आस्थाको विषय मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोत पनि भएको उनले बताए । सीतामाताले देखाउनुभएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले आजको समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ अग्रसर हुन मार्गनिर्देशन गरेको साहले बताए ।

    केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएको बेला आजपा अध्यक्ष साहले सीता जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित जन्मोत्सव मनाउनुपर्ने प्रस्ताव गर्दा सरकारले अस्वीकार गरेको थियो । सीता जयन्तीको अवसरमा सार्वजनिक विदासहित राष्ट्रिय पर्वको रुपमा मनाउर्नुपर्ने बिषय विगत लामो समयदेखी उठाउदै आएका साहले यो बिषय अस्वीकार गर्नेको अन्त्य भएको र वालेन शाह नेतृत्वको सरकार आएकाले सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाउन ध्यानाकर्षण गराएका छन् ।

    महिला मोर्चाका उपाध्यक्ष एवं काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज रञ्जुकुमारी साहको अध्यक्षतामा भएको जानकी जयन्ती समारोहमा आजपा प्रवक्ता सुभाष साह, आजपा काठमाडौं उपत्यका अध्यक्ष विजय यादव निर्विज, सचिव उपेन्द्र साह, आम सांस्कृतिक मोर्चाका अध्यक्ष सरिता साह, महलिा मोर्चाका महासचिव सीमा जयसवाल, आजपा नेताहरु अर्जुन विसी, सुमन यादव, मिनादेवी साह, काठमाडौं जिल्ला अध्यक्ष खगेज रञ्जितकार, आम दलित मोर्चाका महासचिव रामाशंकर पासवान, पूर्णशोभा बज्राचार्य लगायतको विशेष सहभागिता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र तीन सबस्टेशन निर्माण सुरु,…

    काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिले अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गत रातमाटे, नयाँ दमौली र नयाँ बुटवल क्षेत्रलाई

    रास्वपा दैलेखमा निर्वाचन विवाद : २४० मत खसेको दाबी, गणनामा…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएसँगै मतगणना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। मतदान

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    Techie IT