Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिछानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ


    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग पुर्‍याउन आफूले पदबाट राजीनामा दिएको बताएका हुन्। गुरुङले छानबिन प्रक्रियाप्रति विश्वास रहेको उल्लेख गर्दै अन्ततः सत्य स्थापित हुने र आफूले सफाइ पाउने अपेक्षा व्यक्त गरे।

    उनले भने, “सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु।”

    गुरुङले छानबिन प्रक्रिया सम्पन्न भएपछि आफू पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुने आशासमेत व्यक्त गरेका थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रिय सभाका दुई समितिको बैठक आज

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । बैठकमा कर्णाली प्रदेशको अनुगमन प्रतिवेदनदेखि नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग आयोजनासम्मका विषयमा छलफल

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    Techie IT