Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारगौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन काठमाडौं–३ बाट उम्मेदवारी दिएको हो : उपाध्याय

    गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन काठमाडौं–३ बाट उम्मेदवारी दिएको हो : उपाध्याय


    काठमाडौं, २४ माघ गौर हत्याकाण्डका शहीद परिवारकी सदस्य रुपसागर देवी उपाध्याय चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिएकी छन् । आम जनता पार्टी (आजपा)बाट उपाध्यायले काठमाडौं क्षेत्र नं.३ मा उम्मेदवारी दिएकी छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नं. ३ रोजेकी हुन् । जोरपाटीमा मतदातासंग मत माग्दै उपाध्यायले आफूलाई सरकार, अदालत, प्रहरी प्रशासनले न्याय दिन नसकेको बताउदै काठमाडौंमा न्याय माग्दै उम्मेदवारी दिएको बताइन् ।

    ‘गौर हत्याकाण्डमा मेरो पतीको ज्यान गयो । तर सरकार, अदालत, प्रहरी प्रशासनले अहिलेसम्म मलाई न्याय दिएको छैन् । मेरो पतीको हत्यारालाई कारवाही गराउन मेरो उम्मेदवारी हो,’ उपाध्यायले भनिन्, ‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउनका लागि यहाँका मतदाताले मलाई मतदान गर्ने भन्दै समर्थन गर्नुभएको छ ।’

    गौर हत्याकाण्डमा उपाध्यायका पती नर्मदेश्वर उपाध्यायको हत्या भएको थियो । तर हत्याराहरु खुलेयाम घुम्दैगर्दा पनि सरकारले कारवाही नगरेको उनले बताइन् । ‘यो बिषय म संसदमा जोडदार उठाउछु । साथै आम मतदाताको आवश्यक्ता, चाहनाको बारेमा समेत संसदमा जोडदार आवाज उठाउने प्रतिबद्धता मैले व्यक्त गरेको छु । मलाई यहाँको मतदाताले मतदान गरेर विजयी बनाउनेमा म पूर्णरुपमा विश्वस्त छु,’ उपाध्यायले भनिन् ।

    गौर, रौतहट, मधेसदेखी काठमाडौंसम्म संघर्ष गर्दै, आन्दोलन गर्दै गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन माग गर्दै आएको उनले बताइन् । काठमाडौं ३ बाट मेरो उम्मेदवारी सोही संघर्ष अन्तरगतको अर्को एक पाइला भएको उनले बताइन् ।

    अर्को बिषय यहाँ यसअघि बिजयी भएका नेताहरुले काम नगर्दा यहाँका आम जनताले विभिन्न गुनासो व्यक्त गरेको उनले बताइन् । ति समस्या, गुनासोलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता उपाध्यायले व्यक्त गरेकी छन् ।

    गुणस्तरीय शिक्षा, स्वास्थयका साथै सुकुम्बासी, खानेपानी, रोजगारी लगायतको समस्या रहेको र त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने माग स्थानीयले गरेको उनले बताइन् । ‘ठुलाठुला कुरा गरेर यस क्षेत्रबाट यसअघि निर्वाचन जित्नेले काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. ३ मा खानेपानी, गुणस्तरीय शिक्षा, रोजगार लगायतको समस्या समाधान गर्नुपर्ने माग उहाँहरुको रहेको छ,’ उपाध्यायले भनिन् ‘काठमाडौं मुलुककै संघीय राजधानी हो तर यहाँबाट बिजयी नेताले काम नगर्दा स्थानीयलाई समस्या छ ।’

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै काठमाडौंको सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै उनले यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने बताए ।

    काठमाडौंको धर्म, संस्कृती, रितिरिवाज, कला, साहित्य लगायतको संरक्षण, जर्गेना गर्दै अगाडी बढने बताउदै उनले काठमाडौंलाई देशबासीको मुख्यशहरको रुपमा रहेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रिय सभाका दुई समितिको बैठक आज

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । बैठकमा कर्णाली प्रदेशको अनुगमन प्रतिवेदनदेखि नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग आयोजनासम्मका विषयमा छलफल

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    Techie IT